सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विद्यार्थी नेता भट्ट द्वारा जन्मदिनको अवसरमा बिरामी पत्रकार पन्तलाई आर्थिक सहयोग 

कञ्चनपुर – एक विद्यार्थी नेताले आफ्नो जन्मदिनको अवसरमा कञ्चनपुरका बिरामी पत्रकारलाई आर्थिक सहयोग गरेका छन् । अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज किशोर भट्टले जन्मदिनको अवसरमा पत्रकार डिल्लीराज पन्तलाई आर्थिक सहयोग गरेका हुन ।

भीमदत्त नगरपालिका २ उल्टाखामका  स्थानीय समेत रहेका विद्यार्थी नेता एव अधिवक्ता भट्टले १३ असारमा आफ्नो जन्मदिनको अवसरमा बिरामी पत्रकार पन्तलाई नगद ५ हजार १ सय रुपैयाँ आर्थिक सहयोग गरेका छन । नेता भट्टले आफ्नो गृह जिल्लामा रहेका समसामयिक विषय उठानदेखिका काममा खटिने पत्रकार पन्तलाई बिरामीका बेला सहयोगी भावनाले सहयोग गरेका हुन । 

जन्मदिनको अवसरमा फजुल खर्च गर्नु भन्दा समाजका लागि खटिने पत्रकार जगत सङ्कटमा परेका बेला केही औषधी खरिदमा सहजताका लागि सहयोग गरेको नेता भट्टले बताए । ‘मैले आफ्नो जन्मदिनको अवसरमा समाजका लागि अहोरात्र खटिने पत्रकार पन्तलाई सानै भएपनि सङ्कटका बेला सक्दो सहयोग गरेको बताए । समाजका लागि खटिने पत्रकार पन्त लामो समयदेखि बिरामी भएपछि भीमदत्त नगरपालिका १२ ऐरी घरमै बस्दै आएका छन् ।

बिहीबार एक कार्यक्रमका बिच नेपाल पत्रकार महासंघ कञ्चनपुरका सचिव राजेन्द्र प्रसाद अवस्थीले पत्रकार पन्तलाई क्रान्तिकारी नेता भट्टले सहयोग गरेको रकम घरमै गएर हस्तान्तरण गरेका छन । सहयोग रकम हस्तान्तरण कार्यक्रममा महासङ्घका सचिव अवस्थी सहितका पत्रकार अम्बादत्त तिवारी, मोहन विष्ट, भाष्कर केसी, केशव भट्ट, गोकुल जोशी, जनक बहादुर चन्द, प्रकाश भट्ट सहित सहभागि थिए ।

Mahakali Polytechnic

पत्रकार डिल्लीराज पन्तले आफू लामो समयदेखि बिरामी भएका बेला स्वास्थ्यका लागि ख्याल गर्दै सद्भाव देखाउने क्रान्तिकारी नेता किशोर भट्ट प्रति आभार प्रकट गरेका छन । क्रान्तिकारी नेता भट्टले हरेक बर्ष जन्मदिनको अवसरमा अनाथ, बेसहारा, विपन्न दलित , जेहेन्ददार विद्यार्थीदेखि बिरामी, ज्येष्ठ नागरिक सहित सङ्कटमा परेका मानिसलाई सहयोग गर्दै आएका छन् । 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.