सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

युक्रेनमाथि रुसी आक्रमणको उत्तर कोरियाली नेता उनको समर्थन

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले रुसले युक्रेनमा गरिरहेको आक्रमणको समर्थन गर्नुभएको छ । उत्तर कोरिया भ्रमणमा गएका रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग भएको झन्डै दुई घण्टाको भेटवार्तामा उनले युद्धको समर्थन गर्नुभएको रोयटर्सले जनाएको छ । यसअघि हतियार लगायत सैन्य सहयोग गरे पनि सर्वोच्च नेता उन युक्रेन युद्धबारे मौन रहनुभएको थियो ।

यसैबीच रुस र उत्तर कोरियाले एक अर्कामाथि कतैबाट आक्रमण भए आपसी सहयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् । रूसी राष्ट्रपति पुटिनको उत्तर कोरिया भ्रमणका अवसरमा सम्झौता भएको बीबीसीले जनाएको छ । दुई वर्षदेखि युक्रेनसँग युद्ध गरिरहेका रुसी राष्ट्रपति पुटिन पछिल्लो समय पश्चिमा देशको घेराबन्दीमा हुनुहुन्छ ।

अमेरिका र जी–सेभेन राष्ट्रले युक्रेनलाई थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यही सन्दर्भमा उत्तर कोरिया भ्रमणमा निस्कनुभएका पुटिनले सैन्य सहयोगको निरन्तरताको अपेक्षा गर्नुभएको रोयटर्सले जनाएको छ । उत्तर कोरियामा २४ वर्षपछि रुसी राष्ट्रपतिको भ्रमण भएको हो । पुटिनलाई उत्तर कोरियाले भव्य स्वागत गरेको छ । हज्यालो अनलाइन बाट

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.