सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

टी–२० विश्वकपमा दक्षिण अफ्रिकाको लगातार तेस्रो जित, बङ्ग्लादेश ४ रनले पराजित

आईसीसी टी–२० विश्वकपमा बङ्ग्लादेशलाई हराउदै दक्षिण अफ्रीका लगातार तेस्रो पटक जित निकालेको छ। गएराति भएको खेलमा दक्षिण अफ्रीकाले बङ्ग्लादेशलाई ४ रनले हराएको हो । दक्षिण अफ्रिकाले दिएको १ सय १४ रनको लक्ष्य पछ्याएको बङ्ग्लादेशले ७ विकेटको क्षतिमा १ सय ९ रन मात्र बनाउन सक्यो ।

बङ्ग्लादेशका टोहिड हृदयले सर्वाधिक ३७ रन बनाए । दक्षिण अफ्रिकाका लागि केशव महाराजले ३ विकेट लिए । त्यसअघि न्युयोर्कमा टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय १३ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले सर्वाधिक ४६ रन बनाए ।

Sana Kishan

बङ्ग्लादेशका तान्जिम सकिबले ३ विकेट लिए । जित पछि समूह ‘डी’ मा दक्षिण अफ्रिकाको ३ खेलमा ६ अङ्क भएको छ । बङ्ग्लादेश र नेदरल्यान्ड्सको समान २–२ खेलमा समान २–२ अङ्क रहेको छ भने नेपाल र श्रीलङ्का अङ्कविहिन छन् । नेपालले १ खेल खेलेको छ भने श्रीलङ्काले २ खेल खेलेको छ । नेपालले भोलि श्रीलङकासँग खेल्दैछ ।

World Link Ads
Mahakali Polytechnic

टी–२० विश्वकपमा आज पाकिस्तान र क्यानडा खेल्दैछन् । न्युयोर्कमा हुने यो खेल नेपाली समयअनुसार राति सवा ८ बजे शुरु हुनेछ ।

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.