सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

टी–२० विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाले नेदरल्याण्डस्लाई हरायो

आईसीसी टि–२० विश्वकपअन्तर्गत समूह ‘डी’ को खेलमा दक्षिण अफ्रिकाले नेदरल्याण्डस्लाई चार विकेटले पराजित गरेको छ ।

नेदरल्याण्डस्ले दिएको एक सय चार रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १८ ओभर पाँच बलमा छ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले सर्वाधिक अविजित ५९ रन बनाए । नेदरल्याण्डसका भिभियन किङ्मा र लोगान भ्यान बेकले समान दुई विकेट लिए । पॉल भ्यान मिकरेनले एक विकेट लिए ।

Sana Kishan

यसअघि न्यू योर्कमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा नौ विकेट गुमाएर एक सय तीन रन बनाएको थियो । नेदरल्याण्ड्सका लागि साइब्रान्ड एंगलब्रेक्टले ४० रन बनाए ।

World Link Ads
Mahakali Polytechnic

लगातार दुई खेल जितेको दक्षिण अफ्रिका चार अङ्कसहित समूह ‘डी’ को शिर्षस्थानमा छ । दुई मध्य एक खेल जितेको नेदरल्याण्डस् दुई अङ्कसहित तेस्रो स्थानमा छ । समूह ‘डी’ मा बैगलादेशको दुई अङ्क छ । नेपाल र श्रीलंकाको अङ्कविहिन छन् ।

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.