सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

टी–२० क्रिकेटमा पाकिस्तान सुपर ओभरमा अमेरिकासँग पराजित

आईसीसी टी–२० विश्वकप क्रिकेटमा उपाधि दावेदार टेस्ट टोली पाकिस्तान अमेरिकासँग सुपर ओभरमा पराजित भएको छ । डालासको ग्रान्ड पिएरे मैदानमा गएराति भएको खेलमा पाकिस्तान आयोजक अमेरिकासँग सुपर ओभरमा ५ रनले पराजित भएको हो ।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले २० रनको लक्ष्य दिएको थियो । जवाफमा पाकिस्तान १४ रनमा समेटियो । यसअघि पाकिस्तानले दिएको १ सय ६० रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा १ सय ५९ रन जोड्दै खेल सुपर ओभरमा लगेको थियो ।

Sana Kishan

पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ५९ रन बनाएको थियो ।

World Link Ads
Mahakali Polytechnic

टी–२० विश्वकपमा आज समूह ए का क्यानडा र आयरल्याण्ड खेल्दैछन् । न्युयोर्कमा हुने खेल नेपाली समयअनुसार राति सवा ८ बजे शुरु हुँदैछ ।

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.