सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भारतीय लोकसभा निर्वाचनको आज मतगणना हुदै

काठमाडौँ – भारतको लोकसभा निर्वाचनको मतगणना आज हुदै छ । आज बिहान ८ बजेदेखि मत गणना शुरु हुने भारतीय निर्वाचन आयोगले जनाएको छ ।

सात चरणमा सम्पन्न भएको २८ राज्य र ८ केन्द्र शासित प्रदेशका ५४२ सिटमा लगभग ६५।१४ प्रतिशत मतदान भएको आयोगले जनाएको छ ।

भारतमा लोकसभाको निर्वाचन १९ अप्रिल देखि १ जुनसम्म गरि सात चरणमा भएको थियो । यो सन् १९५२ पछिको सबैभन्दा लामो निर्वाचन हो, सन् १९५२ मा निर्वाचन प्रक्रिया ४ महिनासम्म चलेको थियो । जहाँ सन् १९८० मा मात्र ४ दिनमा निर्वाचन भएको थियो । २०१९ को निर्वाचन ३९ दिनमा सम्पन्न भएको थियो । यसपटक प्रधानमन्त्री नरेन्द्र मोदीसहित ४३ केन्द्रीय मन्त्री, १२ पूर्व मुख्यमन्त्री, ८ फिल्मस्टार र २ पूर्व क्रिकेटर चुनावी मैदानमा थिए ।

 

Mahakali Polytechnic

चुनाव सम्पन्न भएपछि सार्बजनिक भएका एक्जिट पोलले हाल सत्तामा रहेका नरेन्द्र मोदी तेस्रो कार्यकालको लागि अत्यधिक बहुमतसहित सत्तामै रहने आकलन गरेका छन् । ५४३ सदस्यीय भारतको लोकसभामा भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनले ३५० देखि ४०० सम्म सिट जित्न सक्ने अनुमान गरिएको छ । त्यस्तै विपक्षी इण्डिया गठबन्धनले भने आफुहरुको कम्तिमा २९५ सिट आउने र मोदी सरकार बिदा हुने दाबि गर्दै आएका छन् ।

World Link Ads

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.