सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

महासंघको निर्वाचन तोकिएको समयमै गर्न ६ संगठनको माग

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन तोकिएको समयमै सम्पन्न गर्न वाम पक्षधर ६ संगठनले संयुक्त रुपमा माग गरेका छन् । महासंघको जेठ २६ गते तोकिएको निर्वाचनको मिति नजिकिँदै गर्दा सदस्यता र नामावली टुंगो लगाएर सावर्जजनीक गर्न ढिलाई गरिएको भन्दै प्रेस चौतारी, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन नेपाल, प्रगतिशील पत्रकार संघ नेपाल, जनपत्रकार संगठन, नेपाल र क्रान्तिकारी प्रेस संगठनले शनिवार संयुक्त विज्ञप्ति प्रकाशित गर्दै महासंघ नेतृत्वलाई छिटो सदस्यता टुंगो लगाई निर्वाचन गर्न दबाब दिएका हुन् ।
विज्ञप्तिमा भनिएको छ , निर्वाचन प्रयोजनका लागि वैशाख मसान्तभित्र निर्वाचन समितिलाई मतदाता नामावली उपलब्ध गराउन महाधिवेशनले निर्देश गरेकोमा हालसम्म पनि निर्वाचन समितिलाई आधिकारिक सूची उपलब्ध नगराइएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
उनीहरुले महासंघका अद्यावधिक सदस्यहरुको नामावली तत्काल निर्वाचन समितिलाई बुझाई सार्वजनिक गर्न र उक्त नामावलीमा छुट भएका क्रियाशील पत्रकारहरूको नामावली समावेश गरी निर्वाचन समितिबाट प्रक्रिया बमोजिम अन्तिम नामावली प्रकाशन गर्ने वातावरण बनाउन माग गरेका छन् ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.