सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बङ्ग्लादेश र अमेरिकाबीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि

बङ्ग्लादेश र अमेरिकाबीचको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला आजदेखि शुरु हुँदैछ । यो खेल बेलुकी पौने ९ बजे हस्टनमा शुरु हुनेछ ।

शृङ्खलाको दोस्रो खेल पर्सि बिहीवार र तेस्रो तथा अन्तिम खेल शनिवार हुनेछ । बङ्ग्लादेशको कप्तानी लिटन दास र अमेरिकाको कप्तानी मोनान्क पटेलले गर्दैछन् ।

Sana Kishan

आईसीसी टी–२० विश्वकप क्रिकेटअघि यो शृङ्खला दुवै टोलीका लागि महत्त्वपूर्ण छ । नवौँ संस्करणको टी–२० विश्वकप आउँदो जुन २ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा शुरु हुँदैछ ।

World Link Ads
Mahakali Polytechnic

प्रतियोगिताका लागि पाकिस्तानबाहेक सबै देशले टोली घोषणा गरिसकेका छन् । प्रतियोगितामा सहभागी २० देशलाई चार वटा समूहमा राखिएको छ । जुन १ मा उद्घाटन खेलमा अमेरिका र क्यानडाबीच प्रतिस्पर्धा हुनेछ ।

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.