सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आईपीएल क्रिकेटमा कोलकाता र राजस्थानको खेल वर्षाका कारण रद्द

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकत्ता नाईट राइडर्स र राजस्थान रोयल्स बीचको खेल वर्षाका कारण रद्द भएको छ । कोलकाताले यस खेलअघि शीर्ष स्थानमा रही प्लेअफमा स्थान बनाइसकेको थियो । तर राजस्थानका लागि यो खेलमा दोस्रो स्थानमा रहनका लागि जित आवश्यक थियो ।

दोस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि क्वालिफायर खेल्ने गर्दछन् । तर वर्षाका कारण गएरातिको खेलमा अङ्क बाँडिएपछि राजस्थानले तेस्रो स्थानमा चित्त बुझाउनु परेको छ । यसअघि हिजोको पहिलो खेलमा लिग चरणको आफ्नो अन्तिम खेलमा जित दर्ता गर्दै सनराईजर्स हैदराबाद तालिकाको दोस्रो स्थानमा उक्लिएको थियो ।

पञ्जाब किंग्सलाई ४ विकेटले हराउँदै हैदराबाद दोस्रो स्थानमा उक्लिएको हो । पञ्जाबले दिएको २ सय १५ रनको लक्ष्य हैदराबादले ५ बल बाँकी छँदा ६ विकेट गुमाएर भेटायो । त्यसअघि हैदराबादमा टस जितेर ब्याटिङ रोजेको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १४ रन बनाएको थियो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

जितपछि हैदराबाद दोस्रो हुँदै प्लेअफमा पुगेको छ । हैदराबाद र राजस्थान दुवैको १७ अङ्क रहे पनि नेट रनरेटका आधारमा हैदराबाद दोस्रो हुन पुग्यो । हैदराबाद र कोलकाता भोलि फाइनल प्रवेशका लागि खेल्नेछन् ।

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.