सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विद्यार्थी दिवस : क्रान्तिकारीद्वारा अनाथ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरणदेखि शैक्षिक विकृति रोक्न जिससलाई ज्ञापन 

कञ्चनपुर – अखिल क्रान्तिकारीले कञ्चनपुरका अनाथ बालबालिका (विद्यार्थी) लाई शैक्षिक सामाग्री सहयोग गरेको छ । विद्यार्थी दिवसको अवसर पारेर क्रान्तिकारीले जिल्लाका अनाथ बालबालिकाहरूलाई शैक्षिक सामाग्री सहयोग गरेको हो । 

नेकपा माओवादी निकट अखिल क्रान्तिकारी कञ्चनपुरका जिल्ला संयोजक भुवन सिह विष्टले विद्यार्थी दिवसको अवसर पारेर अभिभावक विहिन भएका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेको बताए । क्रान्तिकारी कञ्चनपुरका संयोजक विष्टका अनुसार महेन्द्रनगर स्थित समाजकल्याण बाल अनाथालयमा बस्दै आएका बालबालिकाहरूलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । ‘हामीले निरन्तर विद्यार्थीको हकहितका लागि संघर्ष गर्दै आएको अवस्थामा विद्यार्थी दिवसकै दिन सबैभन्दा समस्यामा परेका अभिभावक नै गुमाएका विद्यार्थीलाई कापि‍-कमल सहितका शैक्षिक सामाग्री दिएका छौँ, ‘उनले भने, ‘आगामी दिनमा समेत बेसहारा विद्यार्थीदेखि आम विद्यार्थीको हकहितका लागि काम गछौँ ।’ 

यसका साथै क्रान्तिकारीले चालु शैक्षिक सत्रको विद्यार्थी भर्ना प्रवृत्ति रोक्नका लागि जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरालाई ज्ञापन पत्र बुझाएको छ । क्रान्तिकारी संयोजक विष्टले यस अघि क्रान्तिकारी र सरोकारवालाबीच भएको सहमति कार्यान्वयन, विद्यार्थीले पाउनुपर्ने ४५ प्रतिशत गाडीभाडा छुट कार्यान्वयन, ओसियन पब्लिकेसनले अनुचित लेनदेन छानबिन हुनुपर्ने माग अघि सारेका छन । 

जिसस कञ्चनपुर प्रमुख दुर्गादत्त बोहराले जिल्लाको शैक्षिक सुधारका लागि क्रान्तिकारीले अघि सारेका एजेण्डा कार्यान्वयनमा भूमिका निर्वाह गर्ने बचन दिए । क्रान्तिकारी कञ्चनपुरका नेता कार्यकर्ताहरूले विद्यार्थी दिवसका अवसरमा शैक्षिक सामाग्री वितरणदेखि शैक्षिक विकृति विरुद्ध जिसस प्रमुखको ध्यानाकर्षण गराएका छन् । 

Mahakali Polytechnic

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds