कञ्चनपुर – कञ्चनपुरमा बस्दै आएका मधेशी समुदायको शसक्तिकरण सम्बन्धी अभिमुखिकरण गराईएको छ । सोमबार मधेशी आयोगले कञ्चनपुरमा बस्दै आएका मधेशी समुदायको शसक्तिकरण सम्बन्धी अभिमुखिकरण गराईएको हो ।
मधेशी आयोगका सदस्य आभासेती सिहले पुर्वी तराईमुल घर भई हाल, कञ्चनपुरमा बसोबास गर्दै आएका मधेशी समुदायको शसक्तिकरणका लागि अभिमुखिकरण गराएको बताईन । सदस्य सिहले आयोग केबल पुर्वी तराईका जिल्लामा मात्रै सिमित नभई पश्चिम कञ्चनपुरसम्मै सकृय रहेको बताईन ।
कार्यक्रममा मधेशी समुदायका अगुवा राम सोगारथ ठाकुरले तीनै तहका सरकारले महेशी समुदायका लागि शसक्तिकरणका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन । उनले मधेशी समुदाय कञ्चनपुरमा समेत भएकाले उनीहरुका समस्या पीडादेखि हक अधिकारका क्षेत्रमा आयोग सहित सरकार अग्रसर हुनुपर्ने बताए ।
![World Link Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2023/09/Blue-And-White-Creative-modern-Grow-Your-Business-Leaderboard-Ad.gif)
![Mahakali Polytechnic](https://sudurpashimkhabar.com/wp-content/uploads/2024/06/महाकाली-बहुप्राविधिक-शिक्षालय.gif)
![Sana Kishan](https://sudurpashimkhabar.com/wp-content/uploads/2021/01/Sana-Kishan-scaled.jpg)
राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश धनगढीका प्रमुख हरि ज्ञवालीले प्रशिक्षण दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाले आयोगले आफ्नो क्षेत्राधिकारलाई प्रयोग गर्दै नागरिकलाई सशक्तिकरणमा जोडदिए ।
![Dirghayu Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2024/06/Dirghayu.gif)
ईन्सेक कञ्चनपुरका सहजकर्ता लिलि कुँवरले संचालन गरेको कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधीको सहभागिता रहेको थियो ।
![Purnagiri Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2023/07/Brown-Minimalist-Fashion-Leaderboard-Ad.gif)