Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

डोल्पामा ६७ औं १२ वर्षे शेल रिवो डुग्ड्रा (शे) मेलाको आयोजना हुने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ श्रावण ४, शुक्रबार १९:५७
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – डोल्पाको शे फोक्सुण्डो गाउँपालिका -०३ स्थित शेल सुम्दो गुम्बामा अयोजना गरिने ६७ औं १२ वर्षे शेल रिवो डुग्ड्रा (शे) मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । मेलाका बारेमा जानकारी दिन विहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा शे फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङले यसबारे जानकारी दिएका हुन ।

भदौ १६ गते देखि २१ गतेसम्म ६ दिन शेल सुम्दो गुम्बामा आयोजना गरिने उक्त मेलामा धार्मिक प्रवचन देखि सांस्कृतिक कार्यक्रम, घोडा दौड लगायतका उपल्लो डोल्पाको जनजीवन झल्कने विभिन्न गतिविधि सञ्चालन हुने आयोजकले बताएका छन् । मेलाको अवसरमा तिलगङ्गा आखाँ प्रतिष्ठानसँग सहकार्यमा निशुल्क आँखा उपचार तथा शल्यक्रिया देखि स्वास्थ्योपचार लगायतका शिविर समेत राखिने अध्यक्ष गुरुङले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गुरुङले विकास र सहजताका हिसाबले डोल्पा पछाडि रहेपनि पर्यटनको सम्भावनाका आधारमा नेपालकै महत्वपूर्ण गन्तव्य भएको बताए । उनले भने, साहसिक पर्यटनको लागि डोल्पा हिडनल्याण्ड हो । अध्यक्ष गुरुङले शेल रिवो डुग्ड्रा मेलाले डोल्पाको बहुसांस्कृतिक पक्षलाई थप उजागर गर्ने विश्वास लिएको बताउँदै भने, बहुसांस्कृतिक, बहुधार्मिक, बहुभाषिक रुपमा विविधता भएकोले डोल्पामा जाने पर्यटकहरूले विविध अनुभुति हासिल गर्न सक्छन् ।

खस तथा मस्टो संस्कृति, तरालि संस्कृति, डोल्पो संस्कृति, बोन तथा बुद्ध धर्म, खस भाषा, काइके भाषा, तिछुरोङ पोइके, डोल्पो भाषा लगायत त्रिपुरासुन्दरी मन्दिर, व्यास तपोभूमि आदीबाट अलौकिक अनुभुति लिन सकिने आयोजकले बताएका छन् । ऐतिहासिक शेल रिवो डुग्ड्रा शे मेलाको अवसरमा करिव १५ हजारभन्दा बढि मानिसहरको उपस्थिति हुने अपेक्षा आयोजकले गरेका छन् । मेलाको लागि आवश्यक पर्ने खानेपानी, अस्थायी आवास, शौचालय तथा अन्य संरचनाहरूको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।

६७ औं १२ वर्षे शेल रीवो डुग्डू (शे) मेला २०८ १ मुल आयोजक समिति र शे फोक्सुण्डो गाउँपालिका, डोल्पो बुद्ध गाउँपालिका तथा छार्काताङसोङ गाउँपालिकाले सह आयोजकका रुपमा यो मेलाको आयोजना गर्न लागेका हुन । प्रचार प्रसार समितिका संयोजक तथा शे फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष पेम्मा वाङछेन गुरुङले ऐतिहासिक यो मेलालाई सफल बनाउन र यसको प्रचार प्रसार गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको बताउँदै यसले डोल्पाको मात्रै नभएर सिङ्गो नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान मिल्ने बताए । उनले भने, यो केवल मेला मात्रै नभई विश्व सामु हाम्रो भूगोल, सांस्कृतिक, कला, ऐतिहासिक मुल्या मान्याताका महत्वपूर्ण धार्मिक तथा प्राकृतिक सुन्दरतालाई भरपुर प्रयोगमा ल्याई डोल्पाको भविष्यसँग जोडिएको एउटा महत्वपूर्ण क्षण पनि हो। त्यसैले यसलाई सफल बनाउन सबैको साथ र सहकार्यको खाँचो छ ।

कार्यक्रममा प्रमुख अतिथि सङ्घीय सांसदकी उप सभामुख इन्दिरा गुरुङले डोल्पा प्राकृतिक रुपमा निकै सुन्दर रहेको बताउँदै यस्ता धार्मिक मेला र पर्वले त्यहाँको धर्म, संस्कृति र जनजीवनका बारेमा बुझ्न थप सहज हुने बताइन । कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिम्मत सिंह ऐरले पर्यटन विकासका हिसावले निकै महत्वपूर्ण मानिएको डोल्पामा हुन गइरहेको यो मेला धार्मिक महत्वका हिसावले मात्रै नभएर सास्कृतिक हिसावले पनि उत्तिकै महत्वपूर्ण रहेको बताए । उनले भने, यस्ता मेलाको प्रचार प्रसार गर्न सके यसले पर्यटन विकासमा कोशेढुंगाको काम गर्न सक्छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सुरक्षित आप्रवासनबारे सञ्चारकर्मीसँग छलफल
देश/राष्ट्रिय

सुरक्षित आप्रवासनबारे सञ्चारकर्मीसँग छलफल

२०८१ श्रावण ४, शुक्रबार १९:५७
आज बजेट सार्वजनिक हुँदै
फ्ल्यास हेडिङ

सुदूरपश्चिम सरकारले ल्यायो ३३ अर्ब ४७ करोडको बजेट

२०८१ श्रावण ४, शुक्रबार १९:५७
लोक सेवा आयोगले ७५औँ वार्षिकोत्सव ‘हीरक महोत्सव’ भव्य रूपमा मनाउदैँ
देश/राष्ट्रिय

लोक सेवा आयोगले ७५औँ वार्षिकोत्सव ‘हीरक महोत्सव’ भव्य रूपमा मनाउदैँ

२०८१ श्रावण ४, शुक्रबार १९:५७

Discussion about this post

नयाँ प्रकाशित

सुरक्षित आप्रवासनबारे सञ्चारकर्मीसँग छलफल

सुरक्षित आप्रवासनबारे सञ्चारकर्मीसँग छलफल

२०८१ श्रावण ४, शुक्रबार १९:५७
आज बजेट सार्वजनिक हुँदै

सुदूरपश्चिम सरकारले ल्यायो ३३ अर्ब ४७ करोडको बजेट

२०८१ श्रावण ४, शुक्रबार १९:५७
मनसुनी प्रणाली भारतको केरला आइपुग्यो, अवरोध नभए औसत मितिभन्दा चाँडै नेपाल भित्रिने

आजको मौसम : यी ठाउँमा वर्षाको सम्भावना !

२०८१ श्रावण ४, शुक्रबार १९:५७
मनसुन पूर्व तयारी तथा प्रतिकार्यमा लाग्ने सरोकारवालाहरूको प्रतिबद्धता

मनसुन पूर्व तयारी तथा प्रतिकार्यमा लाग्ने सरोकारवालाहरूको प्रतिबद्धता

२०८१ श्रावण ४, शुक्रबार १९:५७
अजिनोमोटो धेरै खाँदा स्वास्थ्यमा देखिन सक्छन् यस्ता असर

अजिनोमोटो धेरै खाँदा स्वास्थ्यमा देखिन सक्छन् यस्ता असर

२०८१ श्रावण ४, शुक्रबार १९:५७
भिटामिन–डी को कमी छ ? यी पेय पदार्थ हुन सक्छन् समाधान

भिटामिन–डी को कमी छ ? यी पेय पदार्थ हुन सक्छन् समाधान

२०८१ श्रावण ४, शुक्रबार १९:५७

आशीर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

संस्थापक: प्रकाश कलौनी

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: कुमारी हिरा भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व