सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

को को टिम भिड्दैछन् जिल्ला लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा ?

भोलि सेक्युर्ड नेपाल र कञ्चन समाज , राम युवा क्लब र अरनिको युवा क्लब भिड्ने

बिकाश सिंह महता, कञ्चनपुर – कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगर स्थित खुलामञ्चमा सञ्चालन रहेको जिल्ला लिग फुटबल प्रतियोगिताको सेमिफाइनल पुग्ने चार टिमको टुंगो लागेको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यतालिका अनुसार कञ्चनपुर जिल्ला फुटबल संघको आयोजनामा बैशाख ३ गते देखी सञ्चालनमा रहेको जिल्ला लिग फुटबल प्रतियोगिता -२०८१ को सेमिफाइनल पुग्ने चार टिमको टुंगो लागेको कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव एवम् प्रतियोगिता संयोजक नितेश रावलले बताएका छन् ।

Mahakali Polytechnic

 पहिलो टिम समूह “ए” बाट १० अङ्कका साथ सेक्युर्ड नेपाल विजेता र अरनिको युवा क्लब ७ अङ्कका साथ समूह उपविजेता हुँदै सेमिफाइनलमा स्थान पक्का गरेका छन् । अर्को समुह “बि” बाट राम युवा क्लबले १२ अङ्कका साथ शीर्ष स्थानमा कायम रहँदै विजेता र कञ्चन समाज १० अङ्क जोड्दै समुह उपविजेता हुँदै  सेमिफाइनलमा स्थान सुरक्षीत गरेको छ।

World Link Ads

Sana Kishan

सेमिफाइनलका खेल भोलि बिहीबार बिहान ९ बजे पहिलो सेमिफाइनल खेल समूह “बि” उपविजेता टिम कञ्चन समाज र समूह “ए” विजेता टिम सेक्युर्ड नेपाल बिच हुने छ भने दोस्रो सेमिफाइनल खेल समुह “बि” को विजेता राम युवा क्लब र समुह “बि” को उपविजेता अरनिको युवा क्लब बिच प्रतिस्पर्धा हुने छ।

उक्त दुई खेलमा जित निकाल्ने टिमले फाइनलको यात्रा तय गर्ने छन् भने प्रतियोगिताको फाइनल खेल बैशाख १५ गते दिउँसो ३:३० बजे महेन्द्रनगरको खुलामञ्चमा हुने छ। 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds