कञ्चनपुर – ‘बैतडी की बसन्ती’ का गायक हंसराज जोशीले पुन्: नयाँ कोसेली “बोल माया बोल” बजारमा ल्याएका छन्। गीतमा गायक जोशीकै शब्द सिर्जना रहेको छ। अलिशा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा किशोर कुमार भण्डारीले संगीत संयोजन र मिक्सिङ गरेका छन्।
गायक जोशीले पछिल्लो समय बैतडीकी बसन्ती, काली काँजरमा जस्ता बहुचर्चित गीतहरू सार्वजनिक गरिसकेका छन्। टिम महेन्द्रनगर र दीप स्टुडियोले तयार गरेको भिडियोको निर्देशन चन्द्र प्रकाश चुनाराले गरेका छन् भने भिडियोमा पवन नाथ, नविना चौधरी, रोबिन बिसी, सृष्टि बोहरा, दिपेश रैकाल, पायल चौधरी, चन्द्र प्रकाश चुनारा र दीपक नाथको अभिनय रहेको छ।
गीत भिडियो सहित सुदूरपश्चिमको कला संस्कृति जोगाउन लागेका युवा प्रकाश कलौनी र मनोज प्रसाद भट्टको युट्युब च्यानल सुदूर खबर वानबाट सार्वजनिक भएको हो।
भिडियो हेर्न लिङ्कमा जानुहोस् ।।