सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अफगानिस्तानसँगको टी–२० शृङ्खला श्रीलङ्कालाई

अफगानिस्तानसँगको तीन खेलको टी–२० शृङ्खला श्रीलङ्काले एक खेल अगाडि नै जितेको छ । गएराति भएको दोस्रो खेलमा अफगानिस्तानलाई ७२ रनले हराउँदै घरेलु टोली श्रीलङ्काले २–० ले जितेको हो ।

डम्बुलामा भएको दोस्रो खेलमा टस हारेर पहिला ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ८७ रन बनाएको थियो । श्रीलङ्कामा सदिरा समराविक्रमाले अर्धशतक बनाए ।

Sana Kishan

अफगानिस्तानका अजमातुल्लाह ओमरजाई र मोहमद नावीले समान दुई /दुई विकेट लिए । जितका लागि एक सय ८८ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १७ ओभरमा एक सय १५ रनमा समेटियो । उसका करिम जनातले २८ र मोहम्मद नाबीले २७ रन बनाउनुबाहेक अरुले राम्रो रन बनाउन सकेनन् ।

World Link Ads
Mahakali Polytechnic

श्रीलङ्काका एन्जेलो म्याथ्युज, बिनुरा फर्नान्डो, वानिन्दु हसरङ्गा र माटिशा पाथिरानाले समान दुई/दुई विकेट लिए । पहिलो टी–२० मा श्रीलङ्का ४ रनले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल भोलि बेलुका हुनेछ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.