सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

१ खेलअघि नै अस्ट्रेलियाले जित्याे वेस्ट इन्डिजसँगकाे टी–२० क्रिकेट शृङ्खला

वेस्ट इन्डिजसँगको ३ खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला घरेलु टोली अस्ट्रेलियाले १ खेलअघि नै जितेको छ ।

Sana Kishan

एडिलेडमा आज भएको दोस्रो खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ३४ रनले हरायो । अस्ट्रेलियाले दिएको २ सय ४२ रनको विशाल लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर २ सय ७ रनमात्र बनाउन सक्यो । वेस्ट इन्डिजका कप्तान रभमन पावलले ६३ रन बनाए । अस्ट्रेलियाका मार्कस स्टोनिसले ३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको अस्ट्रेलियाले ग्लेन म्याक्सवेलको कीर्तिमानी पाँचौँ शतकमा २० ओभरमा ४ विकेट गुमाएर २ सय ४१ रन बनायो । वेस्ट इन्डिजका जेसन होल्डरले २ विकेट लिए । पहिलो खेलमा अस्ट्रेलिया ११ रनले विजयी भएको थियो । तेस्रो खेल पर्सि मङ्गलवार हुनेछ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.