सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

लक्ष्मी माविमा अध्ययनरत खुसी सुनार सम्मानित 

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका १५ खैरभट्टीमा रहेको लक्ष्मी माध्यमिक विद्यालयले कक्षा ९ मा अध्ययनरत छात्रा खुसी सुनारलाई सम्मान गरेको छ। भारतमा सम्पन्न प्रथम साउथ एसियन स्पोर्टस् मार्सल आर्ट प्रतियोगितामा तृतीय स्थान  हासिल गरि देश र विद्यालयको नाम विश्वमा चिनाउन सफल भएको भन्दै विद्यालयको ४५ औँ वार्षिकोत्सवको अवसरमा सुनारलाई सम्मान गरिएको विद्यालयले जनाएको छ।

No description available.

उनलाई प्रशंसा पत्र र दोसल्ला सहित सम्मान गरिएको लक्ष्मी माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष बिरेन्द्र सिह साउदले बताएका छन्। सम्मानित हुने सुनारले विद्यालयले आफूलाई अमूल्य सम्मान गरेकोमा विद्यालयप्रति आभार प्रकट गर्दै यसले थप हौसला प्रदान भएको बताइन्।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.