सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मुख्य भलिबल प्रशिक्षक भट्टलाई सम्मान

कञ्चनपुर । भलिबलका मुख्य प्रशिक्षक जगदिश प्रशाद भट्टलाई सम्मान गरिएको छ । सुदूरपश्चिम खेलकुद परिषद् र भलिबल संघ कञ्चनपुरले भलिबलका मुख्य प्रशिक्षक भट्टलाई सम्मान गरेको हो ।

Sana Kishan

गत आईतबारदेखि महेन्द्रनगर खुला मञ्चमा भईरहेको तेस्रो मुख्यमन्त्री पुरुष भलिबल राष्ट्रिय प्रतियोगिताको समापन समारोहमा भलिबलका मुख्य प्रशिक्षक भट्टलाई सम्मान गरेको छ । समग्र नेपालको राष्ट्रिय खेल भलिबलको बृद्धि विकास र सुदूरपश्चिम क्षेत्रबाट खेलाडी उत्पादन गरेको भन्दै भलिबल क्षेत्रमा गरेको अतुलनिय भूमिकाको उच्च कदर गर्दै सम्मान गरिएको बताए ।

भट्टलाई प्रमाण पत्रका साथै दोसल्ला ओढाएर कार्यक्रमका प्रमुख अथिति पुर्व उपप्रधान रक्षा,गृहमन्त्री भीम रावल, सुप प्रदेशका पुर्वमन्त्रीद्वय प्रकास रावले सम्मान गरेका थिए । यसका साथै कञ्चनपुरका भईरहने भलिबल प्रतियोगितमा अतुलनिय सहयोग गरेको भन्दै आयोजकले नेपाली सेनाका सहायक रथी एवम् २५ नम्बर बाहनीका बाहनीपति मनोज थापालाई समेत सम्मान गरेका थिए । बाहनीपति थापालाई पनि दोसल्ला ओढाएर प्रमाण पत्र प्रदान गरेका थिए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.