सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

तेस्रो मुख्यमन्त्री पुरुष भलिबल प्रतियोगिताको चौथो दिन : आर्मी, एपीएफ, पुलिस र गण्डकी प्रदेश विजयी 

कञ्चनपुर । महेन्द्रनगरमा जारी तेस्रो मुख्यमन्त्री पुरुष भलिबल प्रतियोगिता अन्तर्गत चौथो दिनको खेलमा त्रिभुवन आर्मी, एपीएफ, नेपाल पुलिस क्लब र गण्डकी प्रदेश विजयी भएका छन् । बुधवार चौथो दिनको पहिलो खेलमा कोशी प्रदेश र नेपाल प्रहरी बिचको खेलमा ३–० ले कोशी पराजित गरेको छ । दोस्रो खेलमा सुदूरपश्चिम र एपीएफ बिच भएको थियो ।

Sana Kishan

जसमा ३–० ले एपीएफ विजयी भएको थियो । तेस्रो खेलमा आर्मी र लुम्बिनी बिच भएको खेलमा ३–० ले आर्मी विजयी भएको छ । यसैगरी चौथो अन्तिम खेलमा गण्डकी र कर्णाली प्रदेश बिच भएको थियो । जसमा ३–० ले गण्डकी विजयी भएको रेफ्री धनसिंह रावलले जानकारी दिनु भयो ।

सुदूरपश्चिम खेलकुद विकास समितिको आयोजना र जिल्ला भलिबल संघको समन्वयमा माघ १४ देखि प्रतियोगिता सुरु भएको हो । माघ २० सम्म चल्ने प्रतियोगितामा तीन विभागीय र ७ प्रदेशका गरी १० वटा टिमको सहभागिता छ । 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.