सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैंकर लाइफ अनि दिनचर्या

डिल्ली राज पनेरू, कञ्चनपुर । एसएलसीसम्म सँगै पढेको साथी धेरै लामो समयपछि भेट भयो र सोध्छ के गर्छौ यार आजभोलि ? म भन्छु – बैंकर हुँ ।

ए मोज होला यार तेरो त । आफू त पढ्न सकिएन, ठेला चलाएर बसेको छु ।

उसलाई के थाहा बैंकर लाइफ कस्तो हुन्छ भनेर । बाहिर देखिन मात्रै हो कोटपाईन्ट लगाएको । घरबाट निस्किँदा र कार्यालयमा बसेको बेला अरुको नजरमा राम्रो देखिने । जब तल्लो तहका कर्मचारीलाई हाकिमले अनि हाकिमलाई माथिल्लो तहका कर्मचारीले दिएको त्यो टार्गेट सुन्छौँ कस्तो हुन्छ ।

एकातिर भन्छन् सदस्यता बढाउ, खाता बढाउ । अर्कोतिर भन्छन् कर्जा घटाउ, असुलि बढाउ । अनि त्यसैमा अर्को भन्छ कर्जा किन घटेको बढाउनुपर्यो । सक्दैनौ भने हात उठाउ हामी विकल्प खोज्छौँ ।

Mahakali Polytechnic

हो यस्तैगरी चल्दैछ हाम्रो दिनचर्या । वर्षमा चार पटक मसान्त आउँछ । असार मसान्तको कुरा गर्ने हो भने घटाउ है घटाउ खराब कर्जा जसरी नि घटाउ कसरी घटाउँछौ हामीलाई थाहा छैन जे गरेर हुन्छ घटाउ मात्रै भनेर जब दबाब आउँछ नी साथी हो त्यतिबेला त यस्तो लाग्छ नि यो जागिर खानुभन्दा त बरु भाडा माझेकै ठिक ।

World Link Ads

हेर जसोतसो गरी असारको टार्गेट पूरा गरिन्छ । अनि दुई महिना आराम के नै भा हुन्छ असोजमा फेरि तेहि कुरा । असारको लक्ष्यमा हुनुपर्छ है, तपाईंको शाखाको असारको लक्ष्य कसरी पूरा भयो कि शाखालाई कि हेडअफिसलाई थाहा होला । त्यतिखेर त जसरी नि भनेर मिलाइयो अब असोजमा जाँदा त फेरि नयाँ थपिदै गाको हुन्छन्, ती असार मिलानवाला त छँदैछन् ।

Sana Kishan

कुकुर झैँ घरघर दगुर्नुको विकल्प बाहेक केही छैन । घरमा गयो यस्तो भो, उस्तो भो भनेर दु:ख सुनाउँछन् । कसै कसैको घरमा त ताल्चा बाहेक केही देखिदैन ।

त्यसैमा त अहिले झन संघर्ष समिति छन् । अफिसले भन्छ किस्ता उठाउ, संघर्ष समिति भन्छ आएपछि देखौला अनि नियमनकारी निकाय रमिता हेरी बस्छ । बैंकर्स संघ विज्ञप्ति निकालेर बस्छ अनि हामी कर्मचारीले जताततैको टर्चर मात्रै सहेर दिनभरि लुखुरलुखुर हिन्यो । बेलुका अफिस आएपछि रिपोर्ट बनायो पठायो अनि अर्को दिन जुम मिटिङमा अनेकौं कुरा बाहेक अरु केही सुन्नु छैन ।

फिल्डमा गयो ग्राहक सदस्यका गुनासा सुन्नु । अफिस आयो हाकिमको कुरा अनि दिनभरी त्यसैमाको थकान यसैगरी दिन बित्छ । अनि सपनिमा पनि कर्जा लगानी, असुली, बचत जस्ता कुराहरु मात्रै आउँछन् र उठ्न नपाउँदै कार्यालय गई फेरि त्यहीँबाट सुरु हुन्छ ।

यो बाहेक अरु के आनन्द लाग्यो साथी बैंकर लाईफ के मात्रै भनेको हैन साथी त्यो भन्दा त यही ठेलाको चटपटे व्यापार ठिक छ पो भन्छ ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.