सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शरीर बुढो हुँदै गएपछि किन हात काम्छ ?

हामी देख्छौं–बुढापाकाहरुले केही समाउन खोज्यो भने हात काम्छ । हुन त डर, तनाव, न्युन रक्तचाप, एन्जाइटी (चिन्ता) जुनसुकै उमेर समूहका व्यक्तिको पनि हात वा शरीर काम्छ । यद्यपि बुढ्यौलीमा हात काम्ने कारण भने फरक छ ।

यो अधिकांशलाई बुढ्यौलीमा पुगेपछि हुने समस्या हो । यस किसिमको समस्याले गर्दा उनीहरुलाई सामान्य कामकाज गर्न पनि कठिन भइरहेको हुन्छ । जस्तो ब्रस समाएर दाँत माझ्न, चम्चा वा हातले कुनैपनि खानेकुरा खान, औषधि खान, लुगाफाटो लगाउन असहज हुन्छ ।

यस किसिमको अवस्थालाई ‘मुभमेन्ट डिसअर्डर’ भनिन्छ । अर्थात् शरीरका अंग खासगरी हातले सही रुपमा काम गर्न नसक्नु हो । हात, खुट्टा र मस्तिष्कबीच आपसमा जोडिने स्नायु प्रणालीले शिथिलता आएपछि यस्तो हुन्छ ।

World Link Ads
Health Notice Kanchanpur

हाम्रो इन्द्रियहरुले गर्ने कुनैपनि कामका लागि मस्तिष्कको नियन्त्रण र निर्देशन जरुरी हुन्छ । यसका लागि शरीरका ती अंग र मस्तिष्कबीच स्नायु प्रणालीले संचारको आदान–प्रदान गर्छ । जब कुनै अंगसँग जोडिने स्नायु प्रणालीले राम्ररी काम गर्दैन त्यसको प्रभाव सो अंगमा पर्छ । बुढ्यौलीमा हात काम्नु पनि यही एउटा कारण हो ।

दीर्घकालिन तवरमा बुढ्यौलीमा हातखुट्टा काम्नुकाे एउटा मुख्य समस्यालाई हामी पार्किन्सन्स् राेग भनेर बुझ्छौं । एक रिपोर्ट अनुसार अल्जाइमरपछि बुढ्यौलीमा लाग्ने दोस्रो मूख्य रोग हो, पार्किन्सस् । के अनुमान गरिन्छ भने विश्वभरमा सातदेखि दश करोड व्यक्तिलाई यसले सताएको छ ।

पार्किन्सन्स् रोग के हो ?

शरीरको क्रियाकलाप नियन्त्रण गर्न मस्तिष्कमा ‘बेसल गेन्गलिया’ भन्ने भाग हुन्छ । बढ्दो उमेरसँगै सो भागको स्नायु कोषिकाहरू या त मर्छन् वा क्षयिकरण हुँदै जान्छन्, जसले गर्दा डोपामिन रसायन उत्पादन गर्ने क्षमता पनि प्रभावित हुन जान्छ ।
डोपामिन उत्पादनको कमीले हात–खुट्टा काँप्ने मात्र नभइ शरिर सुस्त हुँदै जाने, बोली लर्बराउने, शरीरले काम गर्न नसक्ने हुन्छन् । जसका कारण शरीरका मांसपेशी, हाडजोर्नी लगायतका अंग प्रभावित हुन्छन् । यो रोग ४० वर्ष पछिका प्रति एक लाखमा ४१ जना र ८० वर्षमाथिका प्रति दश लाखमा १९ सयभन्दा बढी मानिसमा देखिन्छ ।

बढ्दो छ समस्या

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वव्यापी रुपमा २५ वर्षयता यो रोग लाग्नेको संख्या दाेब्बरले वृद्धि भएको छ । सन् २०१९ मा भएको तथांङ्कले यसै भन्छ । अन्य नसा रोग भन्दा यो रोगबाट अशक्त हुने र मृत्यु हुने संख्या बढ्दो छ ।

किन यस्तो हुन्छ ?

यस रोग लाग्नुको कारण अझै पनि पत्ता लाग्न सकेको छैन । यद्यपि यस रोग लागेका व्यक्तिमा मांसपेशीका चाल नियन्त्रण गर्न अत्यावश्यक रहेको डोपामिन नामक रसायन बनाउने स्नायुकोष क्रमिक रूपमा क्षय हुँदै वा मर्दै जान्छन् ।

डोपामिन एक रासायनिक सूचक हो, जसले मस्तिष्कको दुई क्षेत्रहरू बीच गतिविधि समन्वय गर्न संकेतहरू पठाउँछ । यदि यस क्षेत्रमा डोपामिनको कमी छ भने, व्यक्तिले आफ्नो चाललाई निर्देशित गर्न वा नियन्त्रण गर्न असमर्थ हुन्छ ।

फलस्वरूप पार्किन्सन्स् लागेका व्यक्तिको मस्तिष्कमा डोपामिनको मात्र ज्यादै कम हुन्छ । जसकारण मस्तिष्कको कार्यमा दखल पुग्छ । चाल नियन्त्रण गर्ने स्नायुकोषहरूको कार्य क्षमतामा ह्रास आइ शारीरिक क्रियामा असन्तुलन पैदा हुन्छ । शरीर लर्बराउने, जिउ कडा हुने वा चल्न गाह्रो हुनेजस्ता समस्याका कारण दैनिक जीवनयापनमा समेत असहजता पैदा हुन्छ ।

नेशनल इन्स्टिच्युट अफ हेल्थका अनुसार पार्किन्सन्स् मा नो्रईपिनेफ्रीन रसायन उत्पादन गर्ने स्नायुलाई पनि असर गर्छ । नोरईपिनेफ्रीनको मुख्य काम भनेको मुटुको धड्कनको दर र रक्तचापलाई नियन्त्रण गर्नु हाे । नोरईपिनेफ्रीन रसायन कम हुँदै गएमा बस्दा र उठ्दा रक्तचाप गडबड हुने र पाचनप्रणालीमा असर गर्न सक्छ ।

Sana Kishan

केही कारक तत्वहरु पार्किन्सन्स् रोगको लागि जिम्मेवार मानिन्छन् ।

वंशाणुगत : अध्ययन अनुसन्धान अनुसार केही विशेष अनुवांशिक परिवर्तनको कारण पार्किन्सन्स् को रोग हुनसक्छ । यद्यपि, वंशाणुगत भएपनि थोरैमा मात्र यो हुने जोखिम हुन्छ ।
वातावरणीय प्रभाव : विषाक्त पदार्थ जस्तै, कीटनाशक औषधिको सम्पर्कमा आउने र काम गर्ने व्यक्ति पनि पार्किन्सन्स् रोगको जोखिममा हुन्छन् । यो सम्भावना पनि न्यून छ ।
पार्किन्सन्स् रोग बढ्दै जाँदा यसको लक्षण पनि बढ्न थाल्छ। रोगको पछिल्ला चरणहरूमा मस्तिष्कको कार्य प्रायः प्रभावित हुन सक्छ, जसले डिमेन्सिया र डिप्रेसन पनि निम्त्याउन सक्छ ।

लक्षण

-पार्किन्सन्स् रोगको पहिलो लक्षण हात काम्दै जानु हो ।प्रभावित व्यक्तिको नियन्त्रण हुँदैन ।

-कम्पन बढ्दै हिँड्न, बस्न समस्या हुने एवं बिस्तारै मानिस नै यताउती गर्न कठिन हुन्छ ।

-हात, खुट्टा र बङ्गारा पनि सन्तुलनमा नबस्ने हुनसक्छ ।

-मांसपेशी जाम हुँदै जान्छ ।

-आँखा झिम्काउने गतिमा कमी आउँछ ।

-डिप्रेसन वा डिमेन्सियाको जोखिम बढ्छ ।

-अनुहारको हाउभाउ परिवर्तन आउँछ ।

यी परिवर्तनहरु शरीरमा बिस्तारै देखा पर्दै जान्छ । त्यसैले, कहिलेकाहीँ यसको लक्षण पहिचान गर्न गाह्रो हुन्छ। यो रोग सामान्यतया ६० वर्षभन्दा माथिका वृद्धवृद्धाहरूमा देखिन सक्छ। विरलै मात्रामा युवा एवं वयस्कमा पनि यो रोग पाइन्छन् ।

उपचार

पार्किन्सन्स् रोगका बिरामीको अवस्थालाई ध्यानमा राख्दै, यसको लक्षणलाई नियन्त्रण गर्ने औषधि र थेरापीको माध्यमबाट जीवनको गुणस्तर बढाउने प्रयास गरिन्छ।

यसैगरी मानसिक समस्याका लागि मनोचिकित्सकलाई जाँच गराएर औषधि लिन सकिन्छ । तर, पार्किन्सन्स् राेगलाई पुर्ण रुपले निको पार्न सकिदैन ।

पार्किन्सन्स् को वैकल्पिक उपचारमध्ये शल्यक्रिया पनि एक हो । यस क्रममा मस्तिष्क शल्यक्रिया गरी ब्रेन पेस मेकर राखेर पनि शारीरिक क्रियाकलापलाई आफ्नो चाहना बमोजिम नियन्त्रणमा ल्याईन्छ । ब्रेन पेस मेकरमा ब्रेनको कार्य सुधार गर्ने ब्याट्री राखिन्छ । सो ब्याट्रिमा ‘डिप ब्रेन स्टिमुलेसन’ अर्थात् डीबीएस राखिन्छ । सो प्रविधिले मस्तिष्कमा विद्युतीय तार जडान गरेर विद्युतीय तरंगको माध्यमद्वारा कृत्रिम किसिमले स्नायुकोषको गतिविधिलाई सामान्य अवस्थामा ल्याउने मद्दत गर्छ । डा. सुशीलमोहन भट्टराईले अनलाइनखबरमा लेखेका छन्।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.