सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज पुस १ गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग

वि.सं. पुस ०१, २०८० । ई.सं. 17 Dec, 2023 । शक संवत् १९४५ । नेपाल संवत् ११४४ कछलागा । पिङ्गल दक्षिणायन हेमन्त । आइतबार मार्ग कृष्णपक्ष । तिथि षष्ठी १८:५२ बजेसम्म, त्यसपछी सप्तमी । नक्षत्र अश्लेषा २१:५४ बजेसम्म, त्यसपछी मघा । योग ऐन्द्र २२:०१ बजेसम्म, त्यसपछी वैधृति । करण वणिज १८:५२ बजेसम्म, त्यसपछी भद्रा ०७:५३ बजेसम्म, त्यसपछी भद्रा । चन्द्रराशि कर्कट । आनन्दादि योग वज्र । दिनमान १०:२७ । सूर्योदय ६:३९ । सूर्यास्त १७:०६ । भद्रा १८:५२ देखि । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा ।

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफ्नो विद्या प्राप्तिको लागि संघर्ष गर्नु पर्ला । घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ । स्वास्थ्य बिग्रने भएछ, सचेत रहनुहोला ।

 

World Link Ads
Health Notice Kanchanpur

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आजको परीक्षा सामान्य नै समय छ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । सामाजिक क्षेत्रको काम अघि बढ्नेछ र उपकारमा मन जानेछ ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज घरपरिवारसँग रमाइलो तरिकाले समय बित्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । उन्नति एवं प्रगतिको वातावरण बन्नेछ ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज मनपर्ने खानाको परिकार खान पाइनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज मानसिक चिन्तन बढ्ने र केही तनाव बढेको महसुस हुनेछ, तर नजिकका व्यक्तिबाट कार्यमा साथ र सहयोग बढ्न सक्छ ।

 

Sana Kishan

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज शुभकार्यको चर्चा चल्नेछ । एकपछि अर्को अवसर र सफलताले मन प्रसन्न रहनेछ । व्यापारमा मनग्ये धनलाभ पनि हुनसक्छ ।

 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज व्यापार र व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज विद्या र बुद्धिको विकास हुनेछ । वैदेशिक कार्यबाट लाभ मिल्नेछ र सफलता मिल्नेछ । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ ।

 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज सन्तान पक्षको मायामा कमी आउनसक्छ । सहकर्मीबाट विरोध आउला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ ।

 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज पारिवारिक जमघटमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज आकस्मिक नयाँ कार्यको योजना बन्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । सन्तान सुख पनि मिल्नेछ ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज साथीभाइबाट बढी फाइदा लिने समय छ । नयाँ काम सुरु गर्ने र उमंग बढ्नेछ । आर्थिक कारोबारमा सफलता पाइएला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस्। –हाम्रो/नेपाली पात्रोबाट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.