कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ मा वडाध्यक्ष फुटबल प्रतियोगिता शुरु भएको छ । कृष्णपुर नगरपालिका २ नम्बर वडाको आयोजनामा प्रथम वडाध्यक्ष फुटबल प्रतियोगिता शुरु भएको हो । वडाले नै निर्माण गरेको मछेली खेदकुद मैदानमा पहिलो पटक वडाध्यक्ष फुटबल प्रतियोगिता हुन लागेको छ । ‘हाम्रो गोल लागु औषध बिरुद्धको गोल’ भन्ने मुल नाराका मछेली खेलमैदानमा शनिबारदेखि फुटबल प्रतियोगिता संचालन भएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेश सरकार समाजिक विकास मन्त्री झपट साउदले प्रतियोगिताबाट ग्रामिण भेगको खेलकुद बिकासमा टेवा पुग्ने बताए । मन्त्री साउदले कृष्णपुर नगरपालिका २ मा खेलकुद मैदान स्तरोन्नती, मञ्च व्यवस्थापन, ढल निर्माण सहित आवश्यक खेलकुद विकासका लागि बजेटदिने प्रतिबद्धता जाहेर गरेका छन । मन्त्री साउदले प्रतियोगिताबाट किशोर युवा पुस्ता लागु औषध दुव्र्यसनीबाट मुक्त हुनेदेखि नियमित खेलकुदमा संलग्न भएपछि खेलाडी उत्पादन हुने बताए । खेलकुद क्षेत्रको विकासका लागि मन्त्री साउदले प्रदेश सरकारबाट तर्फबाट आवश्यक सबै योजना लागु गर्ने बताए ।
कार्यक्रममा बिशिष्ठ अथिति समेत रहेकी सुदूरपश्चिम प्रदेश सभा सदस्य गिता चौधरीले खेलकुद क्षेत्रको विकासका लागि आफ्नो क्षेत्रबाट आवश्यक सहयोग गर्ने आश्वासन दिईन । प्रदेश सभा सदस्य चौधरीले कृष्णपुर २ले आयोजना गरेको कार्यक्तमबाट युवाशक्ति खेलकुदप्रति थप आकर्षित हुने बताईन ।
कार्यक्रमको अध्यक्षता ग्रहण समेत गरेका अर्जुन सिह साउदले खेलकुद मैदान अभाव भएकै कारण गत बर्ष प्रतियोगिता संचालन गर्न नसकेको बताए । ‘हामीले चुनावकै बेला जनतासग गरेको बाचा अनुरुप पहिलो बर्ष खेलकुद मैदान नहुँदा खेल संचालन गर्न सकेनौँ, ‘उनले भने, ‘दोस्रो बर्ष खेलकुद मैदान बनाएर यो प्रतियोगिता संचालन गर्न सफल भएका छौँ ।’
वडाध्यक्ष साउदले ग्रामिण भेगको खेलकुद बृद्धि विकासका साथै लागु औषध दुव्र्यसनीका रहेका किशोर युवाहरुलाई खेलकुद माध्यमबाट संरक्षणमा जुटाईने बताए । ‘हाम्रो मुल उदेश्य ग्रामिण भेगका युवाहरुलाई खेलकुद माध्यमबाट संरक्षणका साथै खेलकुद विकास गर्ने हो, ‘उनले भने, ‘किशोर युवाहरुलाई खेलप्रति उत्साहित गर्नुपनि हो ।’ प्रतियोगिता संयोजक जित बहादुर चौधरीले उक्त प्रतियोगितामा कृष्णपुर नगरपालिका ९वडाकै टिम र बाँकी छिमेकी पालिकाका टिम गरेर १४ टिम सहभागि भएको बताए । उनका अनुसार २ टिम आयोजक वडा, बाँकी १२टिम नगरपालिका अन्य वडा बाँकी छिमेकी पालिकावडाबाट टिम आएको बताए ।
प्रतियोगिता विजेता टिमलाई नगद ७५ र उपविजेतालाई ४१ हजार नगद सहित ट्रफि,मेडल प्रमाण पत्र वितरण गरिनेछ । प्रतियोगिताका उत्कृष्ठ खेलाडी, बेष्ट किपर, डिफेन्सरलाई समेत पुरस्कार प्रदान गरिनेछ । हरेक प्रतियोगितामा म्यान आफ दी म्याच घोषणा गरिनेछ ।
यसरी वडा कार्यालयबाटै ग्रामिण भेगका किशोर, युवाहरुलाई खेलकुद क्षेत्रमा जोडने काम गरेपछि स्थानीयखेलप्रेमी हर्षित भएका छन । उद्घाटन समारोहमा प्रदेशकामन्त्री, संसद, पालिका जनप्रतिनिधी, सहितका खेलकुदप्रेमी, विद्यार्थी, आम सर्वसाधारणको सहभागिता रहेको थियो ।