सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रदेश संरचना खारेजी गर्नुपर्छ : प्रवक्ता शाही

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटी राप्रपाका प्रवक्ता ज्ञानेन्दै शाहीले भ्रष्टाचारको आँखडा बन्दै गएको प्रदेश संरचना खारेजी गर्नुपर्ने बताएका छन । बिहीबार राप्रपा कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको आमसभा लाई सम्बोधन गर्दै राप्रपाका प्रवक्ता शाहीले भ्रष्टाचारको आँखडा बन्दै गएको प्रदेश संरचना खारेजी गर्नुपर्ने बताएका हुन ।

Sana Kishan

उनले सातै प्रदेश जनताका सेवक भन्दा पनि नेता कर्मचारी, संसद भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका छन । शाहीले आफुहरुको लडाई भ्रष्टाचारसंगको बताए । उनले ०८४ मा मिसन चुनाई होईन व्यवस्था परिर्वतन गर्ने आन्दोलन गर्नुपर्नेमा जोडदिए । ‘प्रदेश संरचना खारेजी गर्नुपर्छ, सम्वैधानिक राजतन्त्र पुर्नस्थापना गर्नुपर्छ, ‘उनले भने, ‘त्यसपछि सबै बेथिति, समस्या समाधान हुन्छन ।’

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.