Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

२०४६ साल यताका शिर्ष नेता र उच्च पदस्थ कर्मचारीको सम्पत्ती छानबिन गर्नुपर्छ : लिङदेन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर २८, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष राजेन्द्र लिङदेनले ०४६ सालयताका राजनीतिक दलका शिर्ष नेता एव उच्च पदस्थ कर्मचारीको सम्पती छानबिन गर्नुपर्ने बताएका छन ।

बिहीबार राप्रपा कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको आमसभा लाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले ०४६ सालयताका राजनीतिक दलका शिर्ष नेता एव उच्च पदस्थ कर्मचारीको सम्पती छानबिन गर्नुपर्ने बताएका हुन । ‘०४६ मुलुकमा भ्रष्टाचार भ्रष्टाचार भएकोछ, शिर्ष नेता र उच्च पदस्थ कर्मचारीले श्रीमती छोराछोरी आफन्तीका नाममा सम्पत्ती राखेका छन, ‘अध्यक्ष लिङदेनले भने, ‘सम्पत्ती अरुबाट नभई मबाटै छानबिन गनुर्पछ, म तयार छु ।’

अध्यक्ष लिङदेनले मुलुक भ्रष्टाचारीले संचालन गरिरहेको भन्दै भ्रष्टाचार अन्त्यका लागि राप्रपाले अभियान संचालन गर्ने बताए । उनले एनसेल खरिदबिक्रि प्रकरणमा समेत अनियमितता भएको भन्दै सरकारले बनाएको छानबिन समितिप्रति शंका व्यक्त गरेका छन । ‘जस जसले एनसेलको कारोबार गरेका छन, उनीहरुका आफन्ती नै छानबिन समितिका संयोजकदेखि सदस्य भएका छन, ‘उनले भने, यस्तो अवस्थामा झन अनियमिता ढाकछोप हुन्छ ।’ अध्यक्ष लिङदेनले मुलुक सुधारका लागि आन्दोलनको विकल्प नभएको बताए । उनले राप्रपाले पुषदेखि आन्दोलन गर्ने बताए । वर्तमान सरकार र गणतान्त्रिक दलहरु हिजोकै व्यवस्था र राजालाई गाली गरेर सत्ता र व्यवस्था टिकाउन लागेको बताए । राप्रपा अध्यक्ष लिङदेनले अरु पार्टीको मिसन ०८४ भएपनि राप्रपाको मिसन व्यवस्था परिर्वतन रहेको बताए ।

राजा महेन्द्रको सालिक पुर्नस्थापनाका ८ दलले छाती फराकिलो गर्नुपर्नेमा जोडदिए । कार्यक्रममा राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले अहिलेका राजनीतिक दल प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) का पुच्छर भएको टिप्पणी गरेका छन । ‘अहिलेका दल प्रचण्डका पुच्चर हुन, जानी जानी नयाँ पुराना पुच्छर भएका छन, ‘उनले भने, ‘नयाँ पुराना दलल तिनका नेताहरुले घर घरमा प्रचण्डको फोटो टाँस्नुपर्छ ।’ रवि लामिछाने नेतृत्वको रास्वपालाई लक्षित गरेर नयाँ दल र पुराना दल प्रचण्डकै ईसारामा चलिरहेको बताए ।

मिश्रले महेन्द्रनगरको जग बसाल्न राजा महेन्द्रको सालिक पुर्नस्थापना कार्यक्तममा ८ दलको बिरोध हास्यास्पद भएको बताए ।

राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले आफुहरुको लडाई भ्रष्टाचारसंगको बताए । उनले ०८४ मा मिसन चुनाई होईन व्यवस्था परिर्वतन गर्ने आन्दोलन गर्नुपर्नेमा जोडदिए । ‘प्रदेश संरचना खारेजी गर्नुपर्छ, सम्वैधानिक राजतन्त्र पुर्नस्थापना गर्नुपर्छ, ‘उनले भने, ‘त्यसपछि सबै बेथिति, समस्या समाधान हुन्छन ।’

राप्रपा कञ्चनपुरका अध्यक्ष गजेन्द्र बहादुर चन्दले महेन्द्र राजाले बर्माबाट ल्याएर राखेकै मानिसहरुलाई राजाले लगाएको गुन भुलेको बताए । अध्यक्ष चन्दले महेन्द्रनगरको जग बसाल्नेदेखि बर्मेलीहरुलाई जमिन, घडेरी खाद्यान्न दिदा समेत गुन बिर्सिएको बताए । कार्यक्रममा राप्रपाका जिल्लादेखि, केन्द्रका नेताहरुले महेन्द्रराजाको सालिक पुर्नस्थापनामा ८ दलको बिरोधले सालिक पुर्नस्थापना अहिले नभएपनि भावि दिनमा गर्ने घोषणा गरेका छन । कार्यक्रममा सयौँले राप्रपा प्रवेस गरेका छन ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न
राजनीति

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३
रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र
राजनीति

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण
राजनीति

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

लुम्बिनी र सुदूरपश्चिमका तराईमा अझै केही दिन तातो दिन कायम रहने

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

असार १२, २०८३
शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

लगातार चौथो दिन घट्यो शेयर बजार, नेप्से चार महिनायताकै न्यून विन्दुमा

असार ११, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३
फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

असार ११, २०८३
कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थी प्रदर्शन

कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थी प्रदर्शन

असार ११, २०८३
रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व