सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज मंसिर २८ गते बिहीबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग
वि.सं. मंसिर २८, २०८० । ई.सं. 14 Dec, 2023 । शक संवत् १९४५ । नेपाल संवत् ११४४ कछलागा । पिङ्गल दक्षिणायन हेमन्त । बिहीबार मार्ग कृष्णपक्ष । तिथि तृतीया १४:२७ बजेसम्म, त्यसपछी चतुर्थी । नक्षत्र आर्द्रा १५:५५ बजेसम्म, त्यसपछी पुनर्वशु । योग शुभ २१:५२ बजेसम्म, त्यसपछी शुक्ल । करण भद्रा १४:२७ बजेसम्म, त्यसपछी वव ०२:५५ बजेसम्म, त्यसपछी वालव । चन्द्रराशि मिथुन । आनन्दादि योग काण । दिनमान १०:२९ । सूर्योदय ६:३७ । सूर्यास्त १७:०६ । भद्रा १४:३७ सम्म । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । स्वादिष्ट खानापिनाको योग पनि रहेको छ ।

World Link Ads
Mahakali Polytechnic

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज टाढाका नातागोता वा परिवारजनसँग प्रविधि मार्फत भेटघाट हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।

Dirghayu Ads

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज झमेला र आफ्नो कार्य सम्पादनमा समस्या आउला । चोटपटकको भय छ सचेत रहनुहोला । साँझमा पैसा खर्च हुने योग छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्छ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

Sana Kishan

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । गृह कार्यमा मन जानेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज पारिवारिक भेटघाटमा रमाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ । खानपिन प्रति सजग र स्वास्थ्यको ख्याल गर्नुहोला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । मनमा सहयोग भाव आउला । कुनै कुराले मनमा प्रसन्नता पनि छाउनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट धन प्राप्त हुनेछ । कसैकसैका लागि सन्तान सुखको योग छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । कृषि र उत्पादन मूलक कार्य पनि अघि बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । एकोहोरो माया प्रेमले सताउन सक्छ । आर्थिक कारोबारमा विवाद पनि आउला । मकालु खबर बाट साभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.