सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

खल्लामछेट्टी दुर्गम गाँउबस्तीका महिला आत्मनिर्भर व्यवसाय तर्फ उन्मुख

कञ्चनपुर । कञ्चनपुरको उत्तरी विकट गाँउबस्तीका महिला विभिन्न व्यवसाय तर्फ उन्मुख भएका छन । भीमदत्त नगरपालिका ९ खल्लामछेट्टी दुर्गम गाँउबस्तीका महिला आत्मनिर्भरका लागि व्यवसाय तर्फ उन्मुख भएका हुन । कुनैबेला चुलोचौकोमा सिमित भएका ग्रामिण भेगका महिला अहिले विभिन्न व्यवसाय गरिरहेका छन । उनीहरुले तरकारीखेतीदेखि किसाना पसल बाख्रा पालन व्यवसाय गरिरहेका छन ।

निड्स नेपालद्वारा आप्रवासी परिवारका लागि आर्थिक उत्थानशिल परियोजना मार्फत ग्रामिण भेगका महिलाहरुले व्यवसाय गर्नका लागि सहयोग पाएपछि उनीहरु विभिन्न व्यवसाय गरिरहेका छन । भीमदत्त नगरपालिका ९ खल्लामछेट्टीकी स्थानीय महिला गंगा डोबालले तरकारी खेती गरेकी छिन । उनले तीन बर्षदेखि तरकारी खेती गरिरहेको बताईन । डोबालले झण्डै चार कट्टा जमिनमा तरकारी खेती गरेकी छिन । उनले निड्स नेपालबाट तरकारी खेतीका लागि प्राविधिक तालिम, बिउबिजन, टर्नेल निर्माण गरिदिएको बताईन । ‘पहिले मैले घरमै परम्परागत रुपमा खेतीपाती गर्दै आएको थिए, ‘गंगा डोबालले भनिन, ‘कृषि व्यवसाय गर्न सीप पाएपछि व्यवहारिक रुपमा तरकारी खेती गरिरहेकी छु ।’

गंगाले उत्पादन गरेको तरकारी स्थानीय एव महेन्द्रनगर बजारसम्मै पु¥याउने गरेकी छिन । उनले सिँचाई र ढुवानीमा समस्या भईरहेको बताईन । खल्लामछेट्टीकी मैना जाग्री र शिवटोल वादीबस्तीकी चिमा रानाले किराना पसल थापेर व्यवसाय गरिरहेका छन ।

खल्लामछेट्टीकी मैना जाग्रीले निड्स नेपालबाट पसल थाप्नका लागि ¥याक, टिण समाग्री र व्यवसायिक तालिम पाएपछि किसाना पसल थालेको बताईन । ‘यो किराना पसलबाट मैले घरखर्च चलाएकी छु, ‘उनले भने, ‘विगत भन्दा अहिले व्यवसाय गर्न सहज भएको छ ।’

Mahakali Polytechnic

शिवटोल वादीबस्तीकी चिमा रानाले निड्स नेपालबाट पसल संचालनका लागि खोका पाईएपछि व्यवसाय शुरु गरेकी बताईन । ‘पहिले म मजदुरी गर्दै आएको थिए, ‘उनले भनिन, ‘व्यवसाय संचालनका लागि खोका र तालिम पाएपछि व्यवसाय गरिरहेको छु ।’

World Link Ads

खल्लामछेट्टीकी दिपा सार्की र ब्रम्हटोलकी गोमती सार्कीले समेत व्यवसायीक पालन गरेका छन । उनीहरु दुवै जनालाई निड्स नेपालबाट उन्नत जातका ७÷७ बाख्रा दिएपछि व्यवसायिक रुपमा बाख्रा पालन गर्दै आएका हुन । खल्लामछेट्टीकी दिपा सार्कीले ७बाट १३ र ब्रम्हटोलकी गोमती सार्कीले पनि ७ बाट १२ बाख्रा पालिरहेकी छिन । खल्लामछेट्टीकी दिपा सार्कीले विगतमा घरमै एक दुई बाख्रा पालन गरेपनि अहिले दर्जनौँ बाख्रा पालिरहेको बताईन । उनले तालिम र बाख्रा पाएपछि बाख्रा पालन व्यवसाय गरिहेको बताईन । ‘बाख्राबाट अन्नबालीका लागि प्राङगारिक मल पनि हुन्छ, ‘उनले भनिन, ‘बेच्दा पनि राम्रो आम्दानी हुन्छ, घरखर्च चल्छ ।’

Sana Kishan

ब्रम्हटोलकी गोमती सार्कीले बाख्रा पालनका लागि सीपमुलक तालिम पाएपछि बाख्रा पालन व्यवसायमा जुटेको बताईन । उनले आफ्नो जमिन कम हुँदा चरिचलनमा समस्या भएको बताईन । परम्परागत रुपमा आरन व्यवसाय गर्दै आएकी मानमती कामीले पनि आधुनिक आरन व्यवसाय गर्दै आएकी छिन । उनलाई आवश्यक मेसिन, जस्तापाता दिएपछि आरन व्यवसाय गर्दै आएकी हुन ।

आप्रवासी परिवारका लागि आर्थिक उत्थानशिल परियोजना संयोजक अनिला चौधरीले आर्थिक रुपमा विपन्न दलित सहितका विपन्न परिवारका महिलाहरुलाई समुहमा आबद्ध गराएर उनीहरुको चाहना अनुरुप व्यवसाय सचालन गर्न सहयोग गरेको बताईन । संयोजक चौधरीले महिलामा आबद्ध महिलाहरुलाई व्यवसायिक तालिम प्रदान गरिनुका साथै व्यवसाय संचालन गर्नका लागि भौतिक सहयोग गरेको बताईन ।

‘संस्थाबाट तालिम र व्यवसायिक सहयोग गरेपछि उनीहरुले व्यक्तिगत रुपमा विभिन्न व्यवसाय गरिरहेका छन, ‘उनले भने, ‘हाम्रो लक्ष्य महिलाको आर्थिक सक्षमता र अधिकारलाई सृदृढि गर्ने हो, त्यसतर्फ महिला शसक्त भईरहेका छन ।’ उक्त परियोजना अन्र्तरगत संचालित भएका योजना एव उन्नती, बैजनाथ, हिमाल, लालिगुराँस महिला शसक्तिकरण केन्द्रको समेत अनुगमन गरिएको छ ।

आइतबार निड्स नेपालका पदाधिकारी, जनप्रतिनिधी, कृषि प्राविधिक सहितका सरोकारवाले स्थलगत अनुगमन गरेका छन । जिल्ला समन्वय समिति उपप्रमुख राम कुमारी राना, भीमदत्त नगरका उपप्रमुख निलम लेखक, भीनपा ९का वडाध्यक्ष गगन नाथ, निड्स नेपालका अध्यक्ष दुर्गा खरेल, निर्वतमान अध्यक्ष अञ्जु भट्ट, पुर्व अध्यक्ष बिमला शाह, कृषि प्राविधिक जनक बहादुर सिह सहित निड्स नेपालका कर्मचारी, संचारकर्मी सहितले स्थलगत अनुगमन गरेका थिए । अनुगमनका क्रमममा महिलाले चुलोबाट व्यवसायसम्म पु¥याउने काम निडसले गरेको बताएका छन ।

उन्नती महिला शसक्तिकरण केन्द्रका अध्यक्ष जसुदेवी रोक्का मगरले कार्यक्तमबाट आफुहरु अधिकारदेखि व्यवसाय तर्फ उन्मुख भएकाले आगामी दिनमा थप कार्यक्तम संचालनमा जोडदिईन । जनप्रतिनिधी सहितका सरोकारवालाहरुले निड्स नेपालबाट संचालित कार्यक्तमले विपन्न वर्गलाई आत्मनिर्भर बनाउन भूमिका निर्वाह गरेको भन्दै भावि दिनमा थप सेवा विस्तारमा सुझाव दिएका छन ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.