सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एसियन कराँते प्रतियोगितामा स्वर्ण पदक विजेता वेदकोट चतहरीकी सुनारलाई सम्मान

कञ्चनपुर । हालै संघीय राजधानी काठमाण्डौँमा सम्पन्न भएको सातौँ दक्षिण एसियाली कराँते प्रतियोगितामा नेपालका तर्फबाट स्वर्ण पदक विजेता खेलाडीलाई सम्मान गरिएको छ ।

Sana Kishan

कञ्चनपुरको वेदकोट नगरपालिका १० चतहरीकी स्थानीय समेत रहेकी कराँते प्रतियोगितामा नेपालका तर्फबाट स्वर्ण पदक विजेता सुनिता सुनारलाई सम्मान गरिएको हो । स्वर्ण पदक विजेता कराँतेकी खेलाडी सुनारलाई नागरिक सहितका विवित पक्षबाट सम्मान गरिएको छ । वेदकोट नगरका स्थानीय समेत रहेका माओवादी नेता राजुराम सार्की (भुल )ले बृहद नागरिक स्तरबाट उनको सम्मान गरिएको बताए ।

वेदकोट नगरपालिका १० का वडाध्यक्ष रतन सिह विष्ट, संविधान सभा सदस्य टेकेन्द्र प्रशाद भट्ट, जिल्ला कराँते संघका अध्यक्ष सरोज बैज सहितका स्थानीय, खेलकुद प्रेमीले फुलमाला खादा सहित अभिनन्दन गरेका छन । कराँते प्रतियोगितामा नेपालका तर्फबाट स्वर्ण पदक विजेता सुनिता सुनार गृहनगर वेदकोट पुग्दा उनलाई बधाई तथा सम्मान गरिएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.