सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

महेन्द्रनगरमा ब्लू स्टार डान्सबार सञ्चालनमा

कञ्चनपुर । कञ्चनपुरको महेन्दनगरमा ब्लू स्टार रेष्टुरेन्ट एण्ड डान्सबार संचालनमा आएको छ । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर गल्ली नम्बर ४मा ब्लू स्टार रेष्टुरेन्ट एण्ड डान्सबार संचालनमा आएको हो । कोरोना महामारीका कारण बन्द भएको ब्लू स्टार डान्सबार नयाँ व्यवस्थापनका साथ पुन सञ्चालनमा आएको छ । यस अघि ०७६ सालमा आएको कोरोना महामारीले गल्ली नम्बर ३ मा रहेका डान्सबार बन्द भएको थियो । कोरोना महामारीका कारण बन्द भएको ब्लू स्टार डान्सबार शनिबानरदेखि औपचारिक रुपमा संचालनमा आएको जनाएको छ ।

ब्लू स्टार रेष्टुरेन्ट एण्ड डान्सबारका संचालक सागर बुढाऐरले कोरोना महामारीका कारण बन्द भएको डान्सबार पुन संचालनमा आएको बताए । ‘उतिबेला कोरोना महामारीले व्यवसाय नै चौपट भयो, ‘उनले भने, ‘अहिले फेरी नयाँ व्यवस्थापनका लागि संचालन गरिरहेका छौँ ।’ व्यवसाय बृद्धि, विकास, रोजगारी एव पर्यटन प्रर्बद्धनका लागि डान्सबार सञ्चालनमा ल्याएको सञ्चालक बुढाऐरले बताए । ‘यो एक नितान्त व्यवसाय हो, ‘उनले भने, ‘दिनभरी कामको थकान लागेर थकान मेटाउने थलो पनि हो ।’

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.