सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पाटी महासचिव विप्लवसहितका नेता बिरुद्ध पक्राउ पुर्जीको बिरोधमा कञ्चनपुरमा प्रर्दशन

कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी कञ्चनपुरले नेकपा महसचिव विप्लव र प्रकाण्ड लगायतका नेताहरु माथि जारी भएको पक्राउ पुर्जी खारेज नभए प्रतिरोध गर्ने चेतावनी दिएको छ । नेकपा द्धारा बिहीबार जिल्लाको महेन्द्रनगरमा आयोजित एक विरोध प्रदर्शन कार्यक्रममा नेकपा नेताहरुको विरुद्ध जारी पक्राउ पुर्जी खारेजीको माग राख्दै सो चेतावनी दिएका हुन् ।

No description available.

Sana Kishan

नेकपा केन्द्रीय सदस्य रहेका विराट सी ले राष्ट्रको अग्रगामी निकासको नेतृत्व गर्दै आएको पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सी लगायत नेताहरु माथि गैर न्यायिक तरिकाले अदालतले पक्राउ पुर्जी जारी गर्नु गलत रहेको बताए । उनले राज्य संग ३ बुँदे सहमति भएर टुंगिएको विषयलाई अहिले आएर आपराधिक मुद्दाको रूपमा अगाडि ल्याउने कार्य नेकपालाई सह्या नहुने र पुर्जी तत्काल खारेज हुनु पर्ने जिकिर गरे ।

World Link Ads
Mahakali Polytechnic

No description available.

Dirghayu Ads

त्यसैगरी नेकपा कञ्चनपुर जिल्ला सचिव प्रकाश सी ले अस्वाभाविक तरिकाले राज्यले हाम्रा नेताहरु माथि पक्राउ पुर्जी जारी गर्नु देशलाई अशान्ति तिर लैजानु भएको बताए । साथै अदालतले यो निर्णय नसच्याए सशक्त प्रतिरोध हुने उनको भनाई छ । केही दिन अगाडि काठमाण्डौं जिल्ला अदालतले विप्लव सी लगायतका नेताहरुको नाममा पक्राउ पुर्जीको सूचना गोरखापत्रमा प्रकाशित गरेको थियो । त्यस पश्चात नेकपा आन्दोलित बनेको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.