सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

रुकुम पश्चिमका भूकम्प प्रभावितलाई निजि प्राविधिक शिक्षालय महासंघ नेपालद्वारा १५० थान न्यानो डसना सहयोग

काठमाण्डौँ । जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्र रुकुम पश्चिमका लागि निजि प्राविधिक शिक्षालय महासंघ नेपाल काठमाडौंले १५० थान न्यानो डसना हस्तान्तरण गरेको छ । महासंघ नेपालका महासचिव भुवन चक्र जोशी र सदस्य नवराज ऐरले न्यानो अभियानका संयोजक अनिल शर्मा र रुकुम पश्चिमी नेकपा माओवादी केन्द्र सम्पर्क समन्वयका अध्यक्ष तिलक परियारलाई १५० थान न्यानो डसना हस्तान्तरण गरेका हुन् ।

Sana Kishan

चिसो मौसममा त्रिपालमुनि रात विताउन बाध्य रुकुम पश्चिमका पीडितहरुलाई केही सहयोग पुगोस् भन्ने हेतुले सहयोग स्वरुप न्यानो डसना उपलब्ध गराइएको निजि प्राविधिक सदस्य तथा वाइसीएल नेपाल केन्द्रीय सचिव तथा प्रवक्ता नवराज ऐरले जानकारी दिए । उनका अनुसार निजि प्राविधिक शिक्षालय महासंघ नेपालका सम्पुर्ण सदस्यहरुको लगानीमा सामाग्री हस्तान्तरण गरिएको हो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.