सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

महेन्द्रनगरमा प्रथम ह्विलचियर बाँस्केटबल प्रतियोगिता शुरु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेश स्तरिय पुरुष ह्विलचियर बास्केट प्रतियोगिता शुरु भएको छ । शारिरिक अपाङ्गता खेलकुद प्रर्बद्धन समाजको आयोजनामा शुक्रबारदेखि भीमदत्त नगरपालिका ६ महेन्द्रनगरको अमिटी कलेजको प्राङगणमा सुदूरपश्चिम प्रदेश स्तरिय पुरुष ह्विलचियर बास्केट प्रतियोगिता शुरु भएको हो ।

No description available.
प्रतियोगिताको एक कार्यक्रमका विच उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर रानाले प्रतियोगिताबाट अपाङ्गता भएका व्यक्तित्वहरुका लागि उत्साह रहेको बताए । आगामी दिनमा अपाङ्गता भएका व्यक्तिको खेलकुद विकासमा सहयोग गर्ने बताए । भीमदत्त नगरपालिका ६का वडाध्यक्ष महेन्द्र खडकाले अपाङ्गता भएका खेलाडीको उत्साहका लागि सक्दो सहयोग गर्ने बताए ।

No description available.
नेपाली काँग्रेसका नेता गोपाल गुरुङ्गले राज्यले अपाङ्गता भएका खेलाडीको बृद्धि विकासका योजना संचालनमा जोडदिए । शारिरिक अपाङ्गता खेलकुद प्रर्बद्धन समाजका सल्लाहकार उपेन्द्र खडायतले राज्यले अपाङ्गता व्यक्तिको खेलकुद विकासमा सहयोग गर्न नसकेको दुख व्यक्त गरे । शारिरिक अपाङ्गता खेलकुद प्रर्बद्धन समाजका अध्यक्ष योगेन्द्र बहादुर खडकाले दोधाराचाँदनी,भीमदत्त सहितका स्थानीय तह र सघ संस्थाको सहयोगमा प्रतियोगिता संचालन भईरहेको बताए । उनका अनुसार प्रथम, द्वितिय, र तृतिय टिमलाई पुरस्कार प्रदान गरिनेछ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

No description available.

Dirghayu Ads

उक्त प्रतियोगितमा महेन्द्रनगर, धनगढी र टीकापुर तीन टिम सहभागि भएका छन । अपाङ्गताका अगुवा जिवन भट्टले अपाङ्गता भएका व्यक्तिपनि खेलकुद खेल्न सक्छन भन्ने उहाहरण रहेको बताउँदै समाजिक परिर्वतनका साथै अपाङ्गताका लागि उत्साह भएको बताए । महेन्द्रनगरको टिमबाट सहभागि खेलाडी मनोज चन्दले प्रतियोगिताबाट अपाङ्गता भएका साथीभाई थप उत्साहित हुने बताए । प्रतियोगिता शनिबारसम्म संचालन हुनेछ ।

No description available.

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.