Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

समयमै हुलाकी सडक निर्माणको माग अघि सारेर रास्वपा बेलडाँडीको पैदलयात्रा समापन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक २३, २०८०
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

केशव थापा, कञ्चनपुर । राष्ट्रिय स्वतन्त्र पार्टी बेलडाँडीले कञ्चनपुरमा निर्माणाधिन हुलाकी सडक निर्माणको माग अघि सारेर थालेको पैदलयात्राअ अभियान समापन गरिएको छ ।

बुधबारदेखि रास्वपा बेलडाँडीले शुरु गरेको पैदलयात्रा अभियान बिहीबार समापन गरिएको हो । दैजीदेखि शुरु भएको अभियान डोकेबजार पुगेर समापन गरिएको उक्त पार्टीले जनाएको छ ।

निर्माण कम्पनी(ठेकेदारले) कञ्चनपुरमा हुलाकी सडक अलपत्र छाडेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले दैजी–डोकेबजार पैदल यात्रा अभियान गरेको थियो ।

दक्षिणी क्षेत्र भएर कैलाली–कञ्चनपुरका सदरमुकाम(धनगढी–महेन्द्रनगर) जोड्ने हुलाकी राजमार्ग निर्माणका ठेकेदारले चरम ढिलासुस्ती गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी बेलडाँडीले बुधबारदेखि दैजी–डोकेबजार पैदल यात्रा अभियान गरेर सृजनात्मक आन्दोलनको शुरुवात गरेको हो ।

पुर्वपश्चिम महेन्द्र राजमार्ग बेदकोट नगरपालिका ३दैजीदेखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बेलडाँडी बेलौरी र पुनर्वास हुँदै डोकेबजारसम्म अभियान संचालन गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी कञ्चनपुरका नेता एव दैजी–डोकेबजार पैदल यात्रा अभियानका संयोजक जनक सिह धामीले दुई दिने पैदलयात्रा अभियान समापन गरिएको बताए । समापन कार्यक्रममा रास्वपा सुप प्रदेशका कोषाध्यक्ष जसु भट्ट सहित कैलाली कञ्चनपुरका जिल्ला नेतृत्व सहितका नेता कार्यकर्ताहरु सहभागि भएका थिए । संयोजक धामीले तीन बर्षमा सक्नुपर्ने काम दोब्बर बढि सात बर्ष समय लगाउँदा समेत पुरा नगरेपछि सरकार सहित सम्बन्धीत निकायको ध्यानाकर्षण गराउनका लागि अभियान संचालन गर्न लागेको बताए । ‘हाम्रो उदेश्य समयमै सडक निर्माणका लागि सम्बद्ध पक्षको ध्यानाकर्षण गराएर शिघ्र निर्माण गराउनु हो, ‘उनले भने, ‘यस अघि पनि हामीले व्यक्तिगत तथा संस्थागत रुपमा हुलाकी सडक निर्माणको काम दवावमुलक गरेका थियौँ, आज पार्टीबाट सृजनात्मक अभियान संचालन गरिरहेका छौँ ।’ बुधबार दैजीदेखि बेलडाँडी बेलौरी, पुनर्वास हुँदै बिहीबार डोकेबजारमा पुगेर समापन गरिने संयोजक धामीले बताए । त्यसपछि सरकारी अन्य निकायमा दवावमुलक कार्यक्रम गरिने बताउँदै सयोजक धामीले अभियानकै दौरानामा हस्ताक्षर अभियानदेखि सुझाव संकलन गरिने बताए ।

अभियानका संयोजक धामीले ठेकेदार कम्पनीबाट चरम ढिलासुस्ती लार्पबाही भएकै कारण बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए । कालोपत्रे गरेको सडक समेत भत्किने बिग्रीन लागेको अझैपनि पुरा काम गर्न नसकेको बताए । संयोजक धामीले सडक कालोपत्रे, ढल निर्माण, पुल पुलेसा अझै बाँकी रहेको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी बेलडाँडीका सभापति तेजसिह धामीले दक्षिणी क्षेत्रका जनताका समस्या केन्द्रीत गरेर पार्टीले उक्त विषय उठान गरेर रोकिएको सडक निर्माण कार्य अघि बढाउने उदेश्य रहेको बताए । सभापति धामीले जनताका यात्रादेखि आम नागरिकका समस्यालाई मध्य नजर गर्दै सडक निर्माणका लागि अभियान संचालन गर्न थालेको बताए । ‘हिउँदमा धुलाम्मे, बर्षातमा हिलाम्मे हुँदा हामीहरुलाई दैनिक कामकाजमा समेत समस्या भईरहेको छ, ‘उनले भने, ‘यति समस्यामा पर्दा समेत सरकारले सडक निर्माण कार्यमा ध्यानै दिएको छैन ।’

बेलडाँडी स्थानीय युवा एव रास्वपा सुप प्रदेश शिक्षा समिति सदस्य निश्चत जोशीले सडक निर्माण कार्यमा चरम लार्पबाही हुँदा विद्यार्थी सहितका आम नागरिक समस्यामा परेको बताए । ‘सडक निर्माण कार्यमा निर्माण र सरकार पक्षबाट समेत वेवास्था भएको छ, ‘उनले भने, ‘सडककै कारण समग्र दक्षिणी क्षेत्रको बृद्धि विकासमा प्रभाव परेकोहुँदा पार्टीले दवावदिन पैदल यात्रा नै गर्नुप¥यो ।’

राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेशका इन्चार्ज ज्ञानेन्द्र महताले सडक निर्माणका लागि समेत दल र जनताकाले अहिले सडकमा आउनुपर्ने बाध्यता आईलागेको बताए । ‘यदी सरकारले ठेकेदारलाई शुरुवाती चरणदेखि नै काममा खटाएको भए, आज यो अवस्था आउने थिएन, ठेक्का दिएको सडक पनि सरकारलाई बनाई माग्न आन्दोलन गर्नुपर्ने बाध्यता आयो ।’ ठेकेदार कम्पनीले शुरुवाती चरणदेखि अनेकन बहाना बनाएर निर्माण कम्पनीले तोकिएको समयमा काम गर्न नसक्दा सडक अधुरै रहेको हुँदा बाध्यताले पार्टीले सरकारको ध्यानाकर्षण गराउन अभियान संचालन गरेको बताए ।

कञ्चनपुरमा तीन खण्ड गरेर हुलाकी सडक ६२ किलोमिटर सडक कालोपत्रेका लागि पहिलो पटक ३० महिनाका लागि सम्झौता गरिएको थियो । पहिलो पटकको म्याद सकिएर चौथो पटक समेत म्याद थप गर्दा पनि निर्माण कार्य पुरा भएको छैन । ठेकेदार कम्पनी पाँचौँ पटक म्याद थपको तयारीमा रहेका छन । ३० महिनामै सक्नुपर्ने काम निर्माण कम्पनीको लार्पबाहीले दोब्बर बढी ६५ महिना वितिसक्दा पनि सडक अधुरै रहेको छ । ०७३ साल फागुनमा निर्माण कम्पनीद्वय बाबाहंस सिद्धिकीशाही, शर्मा राजेन्द्र जेभी र हुलाकी राजमार्ग आयोजनाविच ३० महिनाभित्रै सडक कालोपत्रे गर्ने काम सम्पन्न गर्ने सम्झौता भएको थियो । तर, सम्झौता भन्दा दोब्बर समय अवधि र चार पटक म्याद थपेर पनि निर्माण कम्पनीले सडक निर्माण गर्न सकेको छैनन ।

कैलाली कञ्चनपुरका सदरमुकाम जोड्ने हिसाबले डोकेबजार–पुनर्वास–बेलौरी–बेलडाँडी हुँदै दैजी जोड्ने हुलाकी राजमार्ग निर्माणमा ठेकेदार कम्पनीले कहिले कसैलाई कहिले कसैलाई दोषारोपण गर्दै म्याद थप्याको थप्याई छ । हुलाकी राजमार्ग आयोजना र शर्मा राजेन्द्र जेभीविच १ फागुन ०७३ देखि भदौँ ३० सम्म सडक कालोपत्रे गर्ने सम्झौता भएको थियो । तर, सम्झौता अनुरुप काम भएन । सम्झौता अनुरुप काम नसक्दा पहिलो पटक ३० चैत्र ०७६ सम्म म्याद थपियो, उक्त अवधिमा समेत नसक्दा दोस्रो पटक ४ साउन ७७, तेस्रो पटक २ माघ ०७७, चौथो पटक ३० चैत्र ०७८ मा थपिएको थियो । थपिएका चारै समयमा काम गर्न नसक्दा निर्माण कम्पनीले पाचौँ पटक म्याद थपका लागि फाईल पेश गरेको छ । पहिलो सडकमा ८० र तेस्रो खण्डमा ७५ प्रतिशत मात्रै प्रगति भएको छ ।

दोस्रो खण्डको बाबाहंस सिद्धिकीशाहीले बेलौरीदेखि (२०–४०) बेलडाँडीसम्म कुल २० किल

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न
राजनीति

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३
रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र
राजनीति

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण
राजनीति

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

लुम्बिनी र सुदूरपश्चिमका तराईमा अझै केही दिन तातो दिन कायम रहने

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

असार १२, २०८३
शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

लगातार चौथो दिन घट्यो शेयर बजार, नेप्से चार महिनायताकै न्यून विन्दुमा

असार ११, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३
फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

असार ११, २०८३
कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थी प्रदर्शन

कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थी प्रदर्शन

असार ११, २०८३
रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व