सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेकपा कञ्चनपुरको सचिवको जिम्मेवारीमा विद्यार्थी नेता प्रकाश सी

कञ्चनपुर : नेत्र विक्रम सी(विप्लव) ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुर जिल्लाको सचिवमा विद्यार्थी नेता प्रकाश सी नियुक्त भएका छन् । नेकपाको केन्द्रीय समितिको बैठकले उनलाई कञ्चनपुर (क) क्षेत्रको सचिवको जिम्मेवारी दिएको हो ।

कञ्चनपुरमा हिजो बसेको नेकपाको बैठकबाट सचिव प्रकाशले औपचारिक रूपमा जिम्मेवारी सम्हालेका हुन । उनलाई नेकपा महाकाली ब्युरो इन्चार्ज समर सी लगायत अन्य नेताहरुले स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

Sana Kishan

आफूलाई पार्टीले विश्वास गरेर दिएको जिम्मेवारी इमान्दारीपूर्वक जनता र पार्टी हितको लागि प्रयोग गर्ने नव नियुक्त सचिव प्रकाशले बताएका छन । उनले भने ,“ कञ्चनपुरमा देखिएका जनताका जनजीविका र जनतन्त्रका समस्याका विषयहरूलाई समाधान गर्न पार्टीले पहल गर्नेछ ।”

World Link Ads

लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय रहेका प्रकाश नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) केन्दीय सचिव भइसकेका थिए भने अहिले अखिल क्रान्तिकारी २३ औं राष्ट्रिय सम्मेलनको तयारीमा छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close