सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डडेल्धुरा गौरा भलिबल तथा डेउडा २०८० सम्पन्न

भलिबलको उपाधि सृजनसिल समैजी युवा क्लव लेकुडा लाई

डडेल्धुरा : डडेल्धुरा गौरा भलिबल तथा डेउडा कार्यक्रम आज सम्पन्न भएकोछ । खबरदारी न्युज को आयोजना र डडेल्धुरा युवा मञ्चको प्रबर्द्धनमा कार्यक्रम आयोजना गरिएको थियो । डडेल्धुरा चिनाउ अभियानको मुल नाराका साथ कार्यक्रम गरिएको कार्यक्रम व्यवस्थापक सुर्दशन ओझाले बताए ।

कार्यक्रमको उदघाटन सत्रमा प्रमुख अतिथी भागेश्वर गाउँपालिकाका अध्यक्ष हेमराज चटौत, सभापतिमा खबरदारी न्युज का सम्पादक दीपकराज भट्ट,बिशिष्ट अतिथिमा प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपाने, नेपाल प्रहरी डडेल्धुरा प्रमुख दिपक कार्की, शसस्त्र प्रहरी नेपाल नं ५२ गुल्म हे.क्वाथ डडेल्धुरा प्रमुख विरेन्द्र पाल रहेका थिए ।

Mahakali Polytechnic

उक्त  कार्यक्रम डडेल्धुरा जिल्ला सदरमुकाम बाट १३ किलोमिटर पश्चिममा रहेको भागेश्वर गाँउपालिकाको केन्द्र सरस्वती माविमा गरिएको थियो । कार्यक्रम ३ दिन सम्म चलेको ओझाले बताए । कार्यक्रममा खुल्ला भलिबल प्रतियोगिता ,डेउडा र अग्नी नियन्त्रण सम्बन्धि सचेतनामुलक प्रदर्शन गरिएको थियो । भलिबल प्रतियोगितामा सुदुरपश्चिमका १२ टिमको सहभागिता रहेको थियो ।

World Link Ads

Sana Kishan

भलिबलमा प्रथम,द्धितीय र तृतीय हुने टिमले क्रमशः ३७ हजार ३७ , १७ हजार १७ र ८ हजार ८ सय ८८ नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र पाएको थियो । यस्तै कार्यक्रममा डेउडियाहरु लाई नगद सहित सम्मान गरिएको थियो । कार्यक्रममा शसस्त्र प्रहरी डडेल्धुराको सहकार्यमा अग्नी नियन्त्रण सम्बन्धि सचेतना प्रर्दशनी गरिएको थियो जसमा सिलिन्डरमा हुने आगलागी बाट कसरी बच्ने ,वनमा हुने आगलागी बाट कसरी बच्ने उपायहरुको बारेमा प्रर्दशनी गरेको थियो ।


समापन सत्रको औपचारिक कार्यक्रममा प्रमुख अतिथिमा भागेश्वर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र भारती , सभापतिमा खबरदारी न्युज का सम्पादक दीपकराज भट्ट रहेका थिए ।

भलिबल तर्फ पहिलो सृजनसित युवा क्लव भागेश्वर लेकुडा, द्धितीय समाजसेवी सुरत तमोली र तृतीयमा मुनवाक युवा क्लव डुंगरिले उपाधि हात पारेको थियो । कार्यक्रम ३ दिनसम्म चलेको थियो । कार्यक्रममा बोल्दै सभापति भट्टले भने यो कार्यक्रम हाम्रो निरन्तर अभियान हो, हामी यसमा सबैको साथ र सहयोगको अपेक्षा गरेका छौ । हामीले यस मैदानमा आएका खेलाडीहरुलाई राष्ट्रिय स्तरसम्म पुगाउनु चाह । हामीले बिभिन्न चुनौति बाबजुत पनि यो कार्यक्रम गरेका छौ । यसमा सहकार्य गर्नुहुने सबैलाई हामी हाम्रो टिमको तर्फ बाट धन्यबाद दिन चाहान्छौँ ।

समापनमा बोल्दै प्रमुख अतिथिले भारतीले भन्नुभयो “यस्ता कार्यक्रम गर्नु भएकोमा खबरदारी न्युज परिवारलाई धन्यबाद दिन चाहान्छौँ ,यो निकै सकारात्मक भएको यस्ता कार्यक्रमले स्थानीयहरुको मनोबल बढने, पर्यटन प्रचारमा सहयोग पुग्नेछ यसमा पालिकाको सहयोग सदैव रहने छ । यस्ता कार्यक्रमहरु आगामी दिनमा पनि गदै जाने शुभकामना दिन चाहान्छु ।”

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.