सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एसिया कपमा १० विकेट लिएका सिराज बने नम्बर १ बलर

एसिया कप क्रिकेटको फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने भारतीय बलर मोहम्मद सिराज आईसीसीको एकदिवसीय वरीयतामा पहिलो नम्बरमा उक्लिएका छन् ।

एकदिवसीय बलिङको वरीयतामा सिराजले ८ स्थान सुधार गरेका हुन् । सिराजले एसिया कपमा १० विकेट लिएका थिए । यस्तै श्रीलङ्कासँगको फाइनल खेलमा उनले मात्र २१ रन दिएर ६ विकेट लिएका थिए । फाइनलमा श्रीलङ्का मात्र ५० रनमा आउट भएको थियो । भारतले फाइनल खेल १० विकेटले जितेको थियो ।

World Link Ads
Sana Kishan

सिराज अस्ट्रेलियाका जोश हेजलवुडलाई पछि पार्दै पहिलो नम्बरमा पुगेका हुन् । हेजलवुड गएको मार्चमा सिराजलाई नै पछि पार्दै एकदिवसीय बलिङ वरीयताको पहिलो नम्बरमा पुगेका थिए । हेजलवुड अहिले दोस्रो नम्बरमा छन् । तेस्रो नम्बरमा न्युजिल्यान्डका ट्रेन्ट बोल्ट छन् ।

यस्तै एकदिवसीय ब्याटिङ वरीयताको पहिलो नम्बरमा बाबर आजम छन् । ब्याटिङको वरीयतामा दोस्रो नम्बरमा भारतका शुभमन गिल र तेस्रो नम्बरमा दक्षिण अफ्रिकाका रसी भान डेर डुसेन छन् ।

एकदिवसीय बलिङ वरीयतामा नेपालका सन्दीप लामिछाने यथावत् स्थानमा रहँदा दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी र ललित राजवंशी १÷१ स्थान तल झरेका छन् । नयाँ वरीयताअनुसार दीपेन्द्र ६८, करण ८७, सोमपाल ९३ र ललित ९७ औँ स्थानमा छन् ।

यस्तै ब्याटिङतर्फ आसिफ शेख, रोहित पौडेल र कुशल भुर्तेल यथावत् स्थानमा छन् । आसिफ ७७, रोहित ८४ र कुशल ९९ औँ स्थानमा छन् । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close