Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मेरो राजनीतिक भविष्य सिध्याउन लागिपरेका छन तर म आत्तिएको छैन: पूर्व मेयर विष्ट

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ २६, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर : २०७४ सालमा भएको स्थानीय निर्वाचनमा म नगर प्रमुख पदमा निर्वाचित भएर आइसकेपछि नगरबासीहरुका धेरै अपेक्षा पुरा गर्नुपर्ने दायित्व थियो। २० वर्षपछि जननिर्वाचित स्थानीय सरकारसँग धेरै अपेक्षा हुनु स्वभाविक पनि थियो।

संविधान निर्माण र संघीयता पछिको जननिर्वाचित स्थानीय सरकार भएका कारण धेरै ऐन कानूनहरु निर्माण गर्नुपर्ने र नगरबासीहरुका अपेक्षा पूरा गर्नुपर्ने चुनौती र जिम्मेवारी हाम्रा बीचमा थिए।

संविधानले निर्दिष्ट गरेका अधिकारहरुको प्रयोग गर्दै करका दर र दायराहरु निर्धारण गर्नु पर्ने थियो। हामी निर्वाचित भएको एक बर्ष पुग्नै लाग्दा महेन्द्रनगरमा कर बृद्धि गरिएको अफवाह फैलाउने काम भयो र नगरपालिकाविरुद्ध र व्यक्तिगत मेरा विरुद्धमा आन्दोलन गरियो। आन्दोलन चलिराखेकै बेलामा २०७५ साल श्रावण १० गते कञ्चनपुरको उल्टाखामकी १४ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो।

घटना निकै दुःखदायी थियो, मैले स्वयम् घटनास्थल जान खोजे तर तत्कालीन अवस्थामा घटनास्थलको परिस्थिति अनुसार त्यहाँ जान उपयुक्त नहुने भन्ने सुरक्षा निकायको सल्लाहअनुसार म जान सकिन।

म त्यँहा गएको भए के हुन्थ्यो त्यो बेग्लै कुरा छ, तर म घटनास्थल नगएको कुरालाई मेयरले वेवास्ता गर्र्यो, भन्ने लगायतका गलत र भ्रामक अफवाह फैलाइयो, मैले भन्दै नभनेको कुरालाई मिडियामा र सामाजिक सञ्जालमा भाइरल बनाइयो र नगरपालिका अगाडी लास ल्याउने सम्मका कामहरु भए।

त्यति मात्रै होइन् मेरो परिवार र नातागोतालाई समेत सो मुद्दामा मुछने काम भयो। मेरो नाबालक छोराको नाम मुछियो, छोरा नाबालक छ भन्ने थाहाँ भएपछि मेरा भतिजाको नाम मुछियो र डिएनए टेष्ट गर्ने सम्मका काम भए।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको र न्यायका लागि गरिएको भनिएको त्यो आन्दोलनको सबैभन्दा बढी मलाई व्यक्तिगत रुपमा ‘टार्गेट’ बनाइयो। मेरो घरमा ढुंगामुढा भयो, मेरो नाबालिक छोरा, छोरी तथा परिवारलाई सुन्नै नसकिने र व्यक्त गर्नै नसकिने सम्मका निकृष्ट नाराबाजीहरु गरिए।

मैले घर जानै नसक्ने अवस्था श्रृजना गरियो। बलात्कारपछि हत्या गरिएको जस्तो जघन्य अपराधका घटनाहरुको अनुसन्धान गर्ने निकाय नगरपालिका थिएन र होइन्, बरु नगरपालिकाले त अनसन्धानमा सहयोगीको भूमिका खेल्न सक्छ, जुन हामी हिजोका दिन देखि गर्दै आएका छौं।

२०७५ साल यस्तै खालका तनाव र समस्याहरुबाट गुज्रियो, २०७६ सालमा अब त केही गर्नुपर्छ भन्ने उद्देश्यका साथ भीमदत्त नगरपालिकाको २० वर्षे रणनैतिक योजना, ब्रह्मदेव देखि रौटेलासम्मको उत्तरी धार्मिक पर्यटनमार्ग, बागफाँटा देखि झोलुंगे पुलसम्मको शुक्लाफाँटा पर्यटन मार्ग, बाहिरी चक्रपथ निर्माण लगायतका दूरगामी महत्वका योजनाहरु बन्दै थिए र काम अगाडी बढ्दै थियो, त्यहिँ बेला विश्वमानै भयावह महामारीको रुपमा कोरोना महामारी आइलाग्यो। कोरोना महामारीको त्यो कालखण्ड कसरी व्यतित भयो त्यो भनिरहनु परेन।

गड्डाचौकी खुला नाका भएका कारण दैनिक हजारौं मान्छेहरु भारतबाट घर फर्किन थाले, उनीहरु देख्ने वित्तिकै मान्छेहरुको भागाभाग हुने अवस्था श्रृजना भयो, भारतबाट फर्कनेहरुलाई सुरक्षित घरसम्म पुग्ने वातावरण र उनीहरुलाई सुरक्षित क्वारेन्टाइनमा बसाउनु पर्ने दयित्व भीमदत्त नगरपालिकामाथि आयो।

हामीले नेपाल सरकारले घोषणा गर्नु भन्दा पहिले नै लकडाउन घोषणा गर्नुपर्ने अवस्था श्रृजना भयो। यस्तो महामारीका बेला हामीले नगरबासीहरुलाई सुरक्षित राख्न र उनीहरुमा शाहस पैदा गर्न रातदिन खट्नु पर्ने अवस्था आयो।

हामी समग्र नगरबासीहरुको मनोबल खस्किन नदिन कोरोनाको कत्ति पनि डर नमानेर रातदिन खटियौं, म आफै कोरोना संक्रमति भएर स्वास्थ्यकर्मीहरुको सल्लाहमा नगरपालिकाकै गेष्ट हाउसमा आइसोलेसनमा बसे तर आफू थला परेर भएपनि जनतालाई दिनुपर्ने सेवा दिइ रहे र हरेक पल सम्पर्कमा रहि सक्रिय भूमीका निर्वाह गरे।

प्रदेशको क्षेत्राधिकारमा रहेको महाकाली अस्पताल, बजेटको अभावमा अक्सिजनको व्यवस्था गर्न सक्ने आवस्थामा थिएन, नागरिकहरु अक्सिजनको अभावमा छटपटाइरहेका बेला हामीले अस्पताल हाम्रो क्षेत्राधिकार भित्र पर्दैन भनेनौ बरु अक्सिजनको व्यवस्था गर्न र पिसिआर ल्याब स्थापना गर्ने लगायतका अन्य सेवा प्रवाहका लागि आवश्यक बजेट दियौं।

संघ, प्रदेश र स्थानीयतहका सरकारका वीचमा समन्वयात्मक भूमिका खेल्ने कुरामा हामी सधैब अग्र स्थानमै रह्यौं। त्यसैको परिणाम स्वरुप भीमदत्त नगरपालिका देशकै उत्कृष्ट नगरपालिका घोषणा भयो।

सरकारले लकडाउन अवधिभरको लागि विभिन्न क्षेत्रमा लगाएको कर छूट दिने निर्णय गर्र्यो, भीमदत्तमा पनि कर छूटको माग गर्दै विभिन्न क्षेत्रबाट निबेदन आउन थाले, निवेदन आउनु स्वभाविक पनि थियो, किनकी लकडाउनको अवधिमा सबै कुरा ठप्प नै थियो।

व्यवसायी तथा व्यापारीहरुले तिर्नुपर्ने कर तथा रोयल्टी कुनै पनि हालतमा तिर्न सकिदैन भन्न थाले, काबु बाहिरको परिस्थितिमा छूट दिन सकिने व्यवस्थाअनुसार पुरै राजश्व नउठ्नु भन्दा केही छूट दिएर बाँकी राजश्व उठाउन सकिन्छ कि भन्ने विषयमा नगरसभामा छलफल गरियो र नगरसभाले कार्यदल गठन गर्ने निर्णय गर्र्यो।

कार्यदलले नगरपालिकाका स्वामित्वमा रहेका पसलहरु, तथा नगरपालिकाको क्यान्टीन, नगरपालिकाको स्वामित्वमा रहेको बसपार्कमा रहेका पसल तथा काउण्टरहरु, सरसफाई शुल्क, सब्जिमण्डी तरकारी लिलाम शुल्क, कवाडी माल समान संकलन शुल्क, विज्ञापन कर, सडक सुधार शुल्क, महाकालीको माछा मार्ने ठेक्का शुल्क र महाकालीको ढुंगा, गिट्टी वालुवा संकलन रोयल्टीमा लकडाउनको अवधीसम्मको छुट दिन सकिने सुझाव प्रतिवेदन पेश गर्र्यो।

यसरी कार्यदलको सुझाव सहितको सिफारिस प्रतिवेदन प्राप्त भइसकेपछि भीमदत्त नगरपालिकाको कार्यपालिका र नगरसभाले कार्यदलको सिफारिस अनुसार उपरोक्त विषयहरुमा लकडाउन अवधिको छूटदिने निर्णय गर्र्यो।

महाकाली नदीको नदीजन्य पदार्थ संकलनका लागि पटकपटक सुचना प्रकाशित गर्दा समेत समयमा ठेक्का नलागेपछि, ठेक्का लगाउने प्रकृयापनि जारी विकास निर्माण र उपभोक्ताहरुको आवश्यकतालाई ध्यानमा राख्दै घाट खोलि २०७७ असोज १ देखि पौष ४, गतेसम्म नगरपालिकाले आफैले राजश्व संकलन गर्र्यो। नगरपालिकाले असोज १ गतेदेखि पुष ४ गतेसम्म आफ्नो अमानतमा संकलन गरेको रकम नगरपालिकाकै खातामा रहेको छ।

ढिलोगरी लागेको ठेक्कामा मंसिर ३० गतेको नगर कार्यपालिकाले निर्णय गर्र्यो र पौष २ गते नगरपालिकाले गरेको निर्णय अनुसार पौष ३ गते ठेक्का सम्झौता भइ पौष ५ गतेबाट ठेक्का सदर भएको कम्पनीले राजश्व संकलन सुरु गर्र्यो। सो निर्णय नगर सभाले अनुमोदन समेत गर्र्यो।

नगरपालिकाले ठेक्का सम्झौता गरेका कम्पनी र अन्य व्यापारी तथा व्यवसायीहरुले लकडाउनका कारण काम गर्न नसकेको भन्ने निवेदन गरेको र कार्यदलले पनि लकडाउन अवधिको रोयल्टी लगायत अन्य करहरु तथा राजश्व लिने कुरा न्यायसंगत नदेखिएको भनि सिफारिस गरेका कारण, देशका अन्य पालिकाहरुले पनि छूट दिइरहेको सन्दर्भमा नगरबासी जनता र सेवाग्राहीको हितलाई केन्द्रमा राखी संस्थागत निर्णय गर्दै लकडाउन अवधीको छूट दिइएको हो।

म संविधान, नियम, कानूनअनुसार चल्ने र संस्थागत निर्णय र पारदर्शितालाई आधार मानेर अगाडी बढ्ने गरेको छु। हामी भीमदत्तमा निर्वाचित भएर आँउदा वार्षिक राजश्व पौने ४ करोड मात्र थियो, हामीले बढाएर २३ करोडसम्म पु–यायौँ ।

महामारीका कारण भएको त्यस्तो बन्दाबन्दीको बेला पनि हामीले महाकाली नदीबाट ४ करोड भन्दा बढी राजश्व संकलन गर्न सफल भएका थियौं।

महाकाली नदीबाट आफ्नै अमानतमा २०७७ असोज १ गते देखि पुष ४ गतेसम्म मात्रै भीमदत्त नगरपालिकाले १ करोड ७४ लाखभन्दा बढी संकलन गरेको थियो, अहिले बर्षभरीमा डेढ करोड पनि संकलन भएको छैन।

यसरी मेरो सामाजिक, राजनीतिक सक्रियता र जनपक्षीय कामहरुबाट अत्तालिएकाहरुले मेरो राजनीतिक भविष्य सिद्धयाउन र मेरो तेजोबध गर्न म माथी प्रहार गरिरहेका छन् र मलाई जनताबाट टाढा गराउन खोजिरहेका छन्, जुन कुरा विस्तारै खुल्दै गएका छन् र भविष्यमा खुल्दै पनि जानेछन।

हामीले हाम्रो कार्यकालमा समृद्ध भीमदत्त निर्माणका लागि जे जति गर्न सकेका थियौं, त्यो जग जाहेर नै छ। भीमदत्त नगरपालिकालाई थप समृद्ध र विकसित गराउने सवालमा अझैपनि हामी प्रतिवद्ध छौं। भीमदत्तनगरको समग्र विकासमा भूमिका खेल्नुहुने सम्पुर्ण टीम र तपाई सम्पुर्ण नगरबासीहरुलाई पुनः एकपटक धन्यबाद दिन चाहन्छु। धन्यबाद

(लेखक सुरेन्द्र विष्ट कञ्चनपुरको भीमदत्त नगरपालिकाका पूर्व मेयर हुन्।)

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न
राजनीति

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३
रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र
राजनीति

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण
राजनीति

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

लुम्बिनी र सुदूरपश्चिमका तराईमा अझै केही दिन तातो दिन कायम रहने

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

असार १२, २०८३
शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

लगातार चौथो दिन घट्यो शेयर बजार, नेप्से चार महिनायताकै न्यून विन्दुमा

असार ११, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३
फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

असार ११, २०८३
कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थी प्रदर्शन

कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थी प्रदर्शन

असार ११, २०८३
रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व