सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

२५ भदौँ बेलौरीमा राष्ट्रिय जनमोर्चा कञ्चनपुरको छैठौँ जिल्ला सम्मेलन हुने

धनसिह धामी/कञ्चनपुर: राष्ट्रिय जनमोर्चा कञ्चनपुरको २५ भदौँ बेलौरीमा जिल्ला सम्मेलन हुने भएको छ । जनमोर्चा कञ्चनपुरको २५ भदौँ बेलौरीमा छैठौँ जिल्ला सम्मेलन हुने भएको हो ।

बुधबार जिल्ला सम्मेलनबारे जनमोर्चाले महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै दोस्रो पटक बेलौरीमा जिल्ला सम्मेलन हुन लागेको जनाएको छ । जनमोर्चा कञ्चनपुरका अध्यक्ष राम बहादुर कार्कीले सम्मेलनको तयारी ७५ प्रतिशत पुरा भएको बताए ।

Sana Kishan

‘जिल्ला सम्मेलनका लागि हाम्रो टिम तयारीमै खटिएको छ, ‘उनले भने, ‘उद्घाटन र बन्दसत्र एकै दिन हुनेछ ।’ अध्यक्ष कार्कीले यस अघि ०५६ सालतिर जनमोर्चा कञ्चनपुर जिल्लाको प्रथम सम्मेलन भएको बताउँदै अहिले छैठौँ जिल्ला सम्मेलन पनि बेलौरीमै भईरहेको बताए ।

World Link Ads

जिल्लाकै पहिलो सदरमुकाम बेलौरीमा हुने सम्मेलन प्रतिनिधी पर्यवेक्षक समेत छनौट भईसकेको अध्यक्ष कार्कीले बताए । ¥याली सहित सम्मेलन हुने उनले बताए । सम्मेलनमा जिल्लाका ९वटै पालिबाट नेता कार्यकर्ताहरुको सहभागिता रहनेछ । सम्मेलनको उद्घाटन पाटी अध्यक्ष चित्र बहादुर केसीको प्रमुख आथित्वमा हुनेछ । राष्ट्रिय जनमोर्चा सुप प्रदेशका सचिव राजाराम चौधरीले बेलौरीलाई पुर्ववत अवस्थामा फर्काउनका लागि जिल्ला सम्मेलन गरिएको बताए । ‘यस पुर्व बेलौरी मसालमय थियो, ‘उनले भने, ‘विचमा संगठन केही तलमाथि भयो, अब पुरानै अवस्थामा फर्काउँछौँ ।’

राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेशका अध्यक्ष नन्दराम भट्टले संघीयताका कारण भ्रष्टाचारदेखि बैदेशिक हस्तक्षेप बढिरहेकाले पार्टीले जनस्तरमै संगठन विस्तार गर्न लागेको बताए । पार्टीले संगठन विस्तारसंगै बैदेशिक हस्तक्षेप बिरुद्धमा जनता संगठित गर्न उदेश्य रहेको बताए । सोही अनुरुप सुप प्रदेश कञ्चनपुर, कैलाली पछि पहाडका अन्य जिल्लाहरुमा समेत संगठन विस्तार गर्न लागेको बताए । राष्ट्रिय जनमोर्चा कञ्चनपुरका सचिव लाल बहादुर कुवँरले संचालन गरेको पत्रकार सम्मेलनमा जनमोर्चा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । जनमोर्चा कञ्चनपुरको सम्मेलन उद्घाटनसंगै वन्दसत्र गरेर समापन गरिनेछ । सम्मेलनबाट नयाँ कार्य समिति विस्तार हुनेछ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close