सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भारतसँगको पहिलो टी–२० मा आयरल्यान्ड डकवर्थ पद्धतिका आधारमा २ रनले पराजित

भारतले पहिलो टी–२० मा घरेलु टोली आयरल्यान्डलाई डकवर्थ पद्धतिका आधारमा दुई रनले हराएको छ । जितसँगै तीन खेलको टी–२० शृङ्खलामा भारतले १–० को अग्रता बनाएको छ । भारतको जितमा कप्तान जस्प्रित बुमराहले उत्कृष्ट प्रदर्शन गरे ।

Sana Kishan

जितका लागि १ सय ४० रनको लक्ष्य पछ्याएको भारतले ६ ओभर ५ बलमा २ विकेट गुमाउँदै ४७ रन बनाएको अवस्थामा खेल वर्षाको कारण रोकिएको थियो । त्यसपछि खेल हुन नसक्दा भारत डकवर्थ पद्धतिको आधारमा विजयी भयो । ऋतुराज गायकवाड १९ रन र सञ्जु स्यामसन १ रनमा अविजित रहे । यशस्वी जैसवाल २४ रनमा आउट भए । आयरल्यान्डका क्रेग योंगले २ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको थियो ।

आयरल्यान्डका ब्यारी म्याकार्थी ५१ रनमा अविजित रहे । कर्टिस क्याम्फर ३९ रनमा आउट भए । बुमराहले पहिलो ओभरमै दुई विकेट लिएका थिए । उनले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । बुमराह खेलको प्लेयर अफ द म्याच भए । रवि विश्रोइ र प्रसिद्ध कृष्णाले समान दुई विकेट लिए । भारत र आयरल्यान्डबीचको दोस्रो खेल भोलि आइतवार र तेस्रो तथा अन्तिम टी–२० खेल बुधवार हुनेछ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.