सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दोस्रो टी–२० क्रिकेटमा पनि भारत वेस्ट इन्डिजसँग पराजित

दोस्रो टी–२० क्रिकेटमा पनि भारत वेस्ट इन्डिजसँग पराजित भएको छ । पहिलो टी–२० मा भारत चार रनले पराजित भएको थियो । घरेलु टोली वेस्ट इन्डिजले दोस्रो खेलमा भने दुई विकेटको जित निकालेको हो ।

जितसँगै घरेलु टोलीले पाँच खेलको टी–२० श्रृङ्खलामा २–० को अग्रता लिएको छ । जितका लागि १ सय ५३ रनको लक्ष्य पाएको वेष्ट इण्डिजले १८ ओभर ५ बलमा ८ विकेट गुमाएर पूरा गर्यो ।

Sana Kishan

वेष्ट इण्डिजका लागि निकोलस पुरनले ६७ रनको अर्धशतकीय पारी खेले । यस्तै, शीमोन हेटमेयरले २२, रोभमन पोएलले २१, अकेल हुसैनले १६ र कायल मेयर्सले १५ रन जोडे । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५२ रन बनाएको थियो ।

World Link Ads
Mahakali Polytechnic

भारतका तिलक बर्माले ५१ रनको अर्धशतकीय पारी खेले । यस्तै, ईशान किशनले २७ रन, हार्दिक पाण्डेले २४ र अक्षर पटेलले १४ रन बनाए । वेस्टइन्डिजका अकिल हुसैन, अल्जारी जोशेफ र रोमारियो शेफर्डले समान २÷२ विकेट लिए । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.