सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

महिला विश्व कप ः समूह चरणको अन्तिम खेल आज, कोरिया र जर्मनी तथा मोरक्को र कोलम्बिया खेल्दै

फिफा महिला विश्व कप फुटबलमा आज समूह चरणको अन्तिम खेल हुँदैछन् । अस्ट्रेलिया र न्युजिल्यान्डमा संयुक्त रुपमा भइरहेको महिला विश्व कपमा आज समूह चरणको अन्तिम दुई खेल हुँदैछन् ।

आज हुने समूह ’एच’को खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे हुनेछ । यो समूहमा रहेका दक्षिण कोरिया र जर्मनी तथा मोरक्को र कोलम्बिया खेल्दैछन् ।

Sana Kishan

कोलम्बिया ६ अङ्कका साथ शीर्ष स्थानमा छ । जर्मनी र मोरक्को ३–३ अङ्कसहित दोस्रो र तेस्रो स्थानमा छन् । दक्षिण कोरियाले अङ्क जोड्न सकेको छैन । हिजो भएका खेलमा स्विडेन, दक्षिण अफ्रिका र फ्रान्स विजयी भएका छन् । ब्राजिल र जमैकाले गोलरहित बराबरी खेलेपछि ब्राजिल समूह चरणबाटै बाहिरिएको छ ।

World Link Ads
Mahakali Polytechnic

त्यस्तै, स्विडेनसँग पराजित अर्जेन्टिना पनि विश्व कपबाट बाहिरिएको छ । ३२ देश सहभागी महिला विश्व कप आउँदो अगस्ट २० तारिखसम्म चल्नेछ। उज्यालो अनलाइन बाट साभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.