सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डोटीकाे मौवामा जीप दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे, तीन जना घाइते

डाेटीकाे आदर्श गाउँपालिका वडा नम्बर २ मौवामा हिजाे बेलुका जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएकाे छ । तीन जना घाइते भएका छन् ।

बा १ झ ९४३४ नम्बरको जीप दुर्घटना हुँदा आदर्श-१ स्याउलेकी ६५ वर्षीया हीरा खड्काको ज्यान गएकाे हाे । आदर्श गाउँपालिकाबाट सायल गाउँपालिकाका लागि छुटेकाे जीप अनियन्त्रित भइ कच्ची सडकबाट तल खसेको प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिनुभयो ।

घाइते हुनेमा वीरबहादुर खड्का, रविन्द्र सुनार र टेकबहादुर तिरुवा रहेका प्रहरीले जनाएको छ । घाइतेको अवस्था सामान्य रहेको बताइएको छ । उज्यालो अनलाइन बाट साभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.