भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालकाे निधनमा दुःख व्यक्त गर्नुभएकाे छ ।

भारतीय प्रधानमन्त्री माेदीले ट्वीट गर्दै सीता दाहालको निधन भएकाे खबरले मर्माहत भएकाे बताउनुभएकाे छ । माेदीले परिवारप्रति समवेदना प्रकट पनि गर्नुभएकाे छ ।
