सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अमेरिका विश्व कप छनोटबाट बाहिरियो

अमेरिका आईसीसी एकदिवसीय विश्व कप छनोटबाट बाहिरिएको छ । लगातार तेस्रो हारसँगै अमेरिका एक खेलअघि नै प्रतियोगिताबाट बाहिरिएको हो । अमेरिकाको ’सुपर सिक्स’ हुँदै विश्व कप खेल्ने सम्भावना सकिएको हो ।

हिजो बिहीवार भएको खेलमा अमेरिका नेदरल्यान्ड्ससँग ५ विकेटले पराजित भयो । अमेरिकाले दिएको २ सय १२ रनको लक्ष्य नेदरल्यान्ड्सले ४३ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायो । नेदरल्यान्ड्सका कप्तान एवम् विकेटकिपर स्कट इडवार्ड्सले नटआउट ६७ र तेजा निदामनुरुले ५८ रन बनाए । अमेरिकाका जसदीप सिंहले २ विकेट लिए ।

World Link Ads
Health Notice Kanchanpur
Sana Kishan

यसअघि हरारेमा टस हारेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ११ रन बनायो । अमेरिकाका शयन जहाङ्गिरले सर्वाधिक ७१ रन बनाए । यस्तै जेसी सिंहले ३८ र गजानन्द सिंहले ३३ रन बनाए । नेदरल्यान्ड्सका रायन क्लेइन र बास दि लिदेले २÷२ विकेट लिए ।

समूह ’ए’ मा वेस्ट इन्डिज २ खेलमा ४ अङ्कसहित शीर्ष स्थानमा छ । यस्तै नेदरल्यान्ड्स तेस्रो र अमेरिका पुछारमा छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.