किर्गिस्तानमा भइरहेको काभा पुरुष भलिबल नेसन्स लिगमा नेपाल तुर्केमिनिस्तानसँग पराजित भएको छ ।
लिग चरणको चौथो खेलमा नेपाल आज बिहीवार तुर्केमिनिस्तानसँग ४–१ को सेटमा पराजित भयो । पहिलो सेट तुर्केमिनिस्तानले २५–१८ ले जित्दा नेपालले दोस्रो सेट २५–२३ ले जित्यो । तर त्यसपछि तेस्रो र चौथो सेट २६–२४ र २४–२० जित्दै तुर्केमिनस्तानले नेपाललाई ३–१ ले हरायो ।


प्रतियोगितामा नेपालको यो लगातार चौथो हार हो । नेपाल पहिलो खेलमा मङ्गोलिया, दोस्रो खेलमा घरेलु टोली किर्गिस्तान र तेस्रो खेलमा इरानसँग पराजित भएको थियो ।
अब नेपालले भोलि शुक्रवार किर्गिस्तानको दोस्रो टोली तथा आइतवार उज्वेकिस्तानसँग अन्तिम खेल खेल्नेछ । उज्यालो अनलाइन बाट सभार
