सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भारतले पाकिस्तानलाई हरायो, सुनिल क्षेत्रीको ह्याट्रिक

भारतले साफ च्याम्पियनसिपको जारी संस्करणमा पाकिस्तानविरुद्ध शानदार जित निकालेको छ।

बैंगलोर स्थित श्री कान्तिरभा स्टेडियममा बुधबार भएको आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ४–० ले पराजित गरेको हो। भारतको जितमा कप्तान सुनिल क्षेत्रीले ह्याट्रिक गरेका थिए। थप एक गोल उदान्त सिंहको नाममा रह्यो।

पाकिस्तानमाथि हावि भएको भारतले खेलको दशौँ मिनेटमानै सुनिलको गोलमार्फत अग्रता लियो। खेलको १६ औं मिनेटमा सुनिलले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दा भारत २–० ले अघि रह्यो।

खेलको ७४ औं मिनेटमा सुनिलले पेनाल्टीमार्फत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेपछि भारतले ३(० को अग्रता बनायो। ह्याट्रिक गरेका सुनिलले अन्तराष्ट्रिय करिअरमा ९० औं गोल गरेका छन्।

Mahakali Polytechnic

भारतको फराकिलो जित निश्चित गर्ने क्रममा ८१ औं मिनेटमा उदान्तले चौंथो गोल गरेका थिए। जितसँगै समूह ‘ए’ मा भारत र कुवेतले विजयी सुरुवात गरेका छन्।

World Link Ads

अब भारतले दोस्रो खेलमा शनिबार नेपालसँग खेल्ने छ। यसअघि पहिलो खेलमा नेपाल कुवेतसँग ३–१ ले पराजित भएको थियो। थाहा खबर बाट सभार

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.