सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

साउद सेवा केन्द्रीय समितिको पाचौँ राष्ट्रिय महाअधिवेसन सम्पन्न 

प्रकाश भट्ट, कञ्चनपुर – साउद सेवा केन्द्रीय समितिको पाचौँ राष्ट्रिय महाअधिवेसन सम्पन्न भएको छ।

कैलाली जिल्लाको घोडाघोडी नगरपालिका  ०२ साँडेपानी स्थित रहेको दसरथ सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको साउद सेवा केन्द्रीय समितिका महासचिव तथा उक्त कार्यक्रमका सञ्चालक बिरेन्द्र सिह साउदले जानकारी दिए। 

World Link Ads
Mahakali Polytechnic

सोमबार सम्पन्न भएको उक्त कार्यक्रममा साउद सेवा केन्द्रीय समितिका  अध्यक्ष  लोक बहादुर साउदको सभापतित्व तथा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट सिह साउदको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको उहाँले बताउनुभयो।

Dirghayu Ads

उक्त कार्यक्रममा साउद सेवा समितिका संस्थापक अध्यक्ष वीर बहादुर साउद, पूर्व अध्यक्ष राजेन्द्र सामन्त, पूर्व अध्यक्ष भीम बहादुर साउद, पूर्व आर्थिक मामिला राज्य मन्त्री अम्मर बहादुर साउद, वान्नीगडा गाउँपालिका अछामका अध्यक्ष टेक बहादुर साउद, रामारोशन गाउँपालिका अछामका अध्यक्ष मान बहादुर साउद, ढकारी गाउँपालिका अध्यक्ष प्रकाश साउद, दिपायल सिलगढ़ी नगरपालिका उप-प्रमुख कलावती महर साउद लगायतको विशिष्ट आतिथ्य रहेको थियो।

Sana Kishan

कार्यक्रममा जनप्रतिनिधि, १४ जना  आजीवन सदस्यहरूलाई तथा नयाँ सदस्यहरूलाई समेत सम्मान गरिएको महासचिव साउदले बताउनुभयो।

कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट सिह साउदले समितिलाई सदैव आफूले  सकेको सहयोग गर्ने प्रतिवद्धता गरेका छन् ।

त्यसैगरी महाधिवेशनबाट अम्मर साउद अध्यक्ष, वरिष्ठ उपाध्यक्ष डा. पदमा भण्डारी साउद, महिला उपाध्यक्ष कलावती साउद, उपाध्यक्ष कर्णजित साउद, महासचिव बिरेन्द्र सिह साउद, उप महासचिव डा. राजेन्द्र सिह साउद, अर्थ सचिव बिरेन्द्र बहादुर साउद, अर्थ सहसचिव निर्मला साउद र सदस्यहरूमा जयन्ती साउद, निर्प ब. थापा, पुष्कर साउद, जगत साउद, निर्प साउद, नरेन्द्र बहादुर साउद, जनक सिह सामन्त, लोकेस बहादुर साउद, लोक बहादुर साउद, बल बहादुर साउद, भगत बहादुर थापा, लोकेन्द्र बहादुर साउद, जानकी साउद, हिमाल साउद, ई. ज्ञानेन्द्र साउद, पुर्ण सिह साउद गरी २५ सदस्यीय  केन्द्रीय समिति गठन भएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.