सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आईपीएल क्रिकेटमा बेङ्लोरले हैदराबादलाई ८ विकेटले हरायो : कोहलीको शतक

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्लोरले सनराइजर्स हैदराबादलाई ८ विकेटले हराएको छ । जितसँगै बेङ्लोरले शीर्ष चारमा रहँदै सोझै प्लेअफ खेल्ने सम्भावना बलियो बनाएको छ ।

जितका लागि १ सय ८७ रनको लक्ष्य पछ्याएको बेङ्लोरले १९ ओभर २ बलमा २ विकेट गुमाउँदै भेट्टायो । उसका ओपनर विराट कोहलीले शतकीय पारी खेले । कोहलीले ६३ बलमा एक सय रन जोडे ।

Sana Kishan

त्यस्तै, फाफ डु प्लेसिस ७१ रनमा आउट भए । ग्लेन म्याक्सवेल ५ र माइकल बेसवेल ४ रनमा अविजित रहे । हैदराबादका टी नटराजन र भुवनेश्वर कुमारले समान एक÷एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली हैदराबादले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो ।

World Link Ads
Mahakali Polytechnic

हैदराबादका हेनरिक क्लासेनले ५१ बलमा सर्वाधिक १ सय ४ रन बनाए । क्लासेनको आईपीएलमा पहिलो शतक पनि हो । ह्यारी ब्रुक २७ रनमा अविजित रहे । कप्तान एडेन माक्ररम १८ रनमा आउट भए । ओपनर अभिषेक शर्मा ११ र राहुल त्रिपाठी १५ रनमा आउट भएका थिए ।

Dirghayu Ads

बेङ्लोरका माइकल ब्रेसवेलले २ विकेट लिए । मोहम्मद शिराज, हर्षल पटेल र शहबाज अहमदले समान एक÷एक विकेट लिए । बेङ्लोर १३ खेलमा १४ अङ्कका साथ तालिकाको चौथो स्थानमा रहेको छ । समान १३ खेलमा ८ अङ्क रहेको हैदराबाद पुछारमा छ । उज्यालो  अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.