सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानले गैरकानुनी रूपमा उपहार बेचेको ठहर

पाकिस्तानको एक अदालतले पूर्व प्रधामन्त्री इमरान खानलाई गैरकानुनी रूपमा उपहार बेचेकोमा दोषी ठहर गरेको छ ।

खानले प्रधानमन्त्री हुँदा विदेशी पाहुनाबाट प्राप्त गरेको उपहार गैरकानुनी रूपमा बेचेको अदालतले ठहर गरेको हो ।

खान सन् २०१८ देखि २०२२ सम्म पाकिस्तानका प्रधानमन्त्री हुनुहुन्थ्यो । खानमाथि गएको अगस्टमा पाकिस्तान मुस्लिम लिगका एक सदस्यले मुद्दा दायर गरेका थिए ।

World Link Ads
Sana Kishan

खानले उपहार राज्यकोषमा दाखिला नगरी भ्रष्ट आचरणमा संलग्न रहेको अदालतको ठहर छ ।

तर खानले आफूमाथि लगाएको आरोप राजनीतिक रुपबाट प्रेरित भएको भन्दै अस्वीकार गर्दै आउनुभएको छ ।

अस्ति पूर्व प्रधानमन्त्री खान पक्राउ परेपछि देशभर प्रदर्शन चर्किएको छ । पञ्जाबबाट एक हजार भन्दा धेरै व्यक्ति पक्राउ परेका बीबीसीले जनाएको छ । उज्यालो अनलाइन बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close