सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा बालबालिका विद्यालय भर्ना गर्दा खोप कार्ड अनिवार्य

बैतडीमा ५ बर्ष मुनिका बालबालिकाहरुलाई विद्यालयमा भर्ना गर्दा खोप कार्ड अनिवार्य गरिएको छ । राष्ट्रिय खोप तालिका अनुसार बालबालिकाहरुले खोप लाए÷नलाएको जानकारी हुने भएकाले विद्यालय भर्ना गर्दा खोप कार्ड अनिवार्य गर्न विद्यालयहरुलाई आग्रह गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

Sana Kishan

जिल्ला खोप समन्वय समितिको बैठकले विद्यालयमा बालबालिकाहरुलाई भर्ना खोप कार्ड अनिवार्य गर्ने गरेको स्वास्थ्य प्रमुख भट्टले जानकारी दिए । राष्ट्रिय खोप तालिका अनुसार बालबालिकाहरुलाई विभिन्न रोग विरुद्ध निशुल्क खोप दिने गरेको छ । त्यस्ता खोपबाट कोही पनि बालबालिका नछुटुन भनेर खोजपडताल अभियान समेत सञ्चालन गर्ने निर्णय भएको स्वास्थ्य प्रमुख भट्टले जानकारी दिए ।

यस्तै वैशाख महिनाभित्र जिल्लालाई पूर्ण खोप प्रमाणीकरण जिल्ला घोषणा गर्ने निर्णय समेत बैठकले गरेको छ । वडा, पालिका हुँदै जिल्लालाई पूर्ण खोप प्रमाणीकरण गरिने स्वास्थ्य प्रमुख भट्टले जानकारी दिए ।

पालिकाहरुमा पूर्ण खोप सुनिश्चितताका लागि अन्तरक्रिया एवं गोष्ठीहरु सम्पन्न भएका स्वास्थ्य प्रमुख भट्टले जानकारी दिए । सगुन खबर बाट साभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.